मनकामना पोखरा कपको खर्च सवा करोड

पोखरा, १७ पुस

पोखरा मनकामना केबुलकार फुटवल प्रतियोगिता २०७५ को खर्च सवा करोड हुने भएको छ । आगामी माघ १५ देखी २६ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि १ करोड १७ लाख खर्च लाग्ने एन्फा कास्कीले अनुमान गरेको हो । प्रतियोगिताबाट १ करोड २८ लाख ५० हजार संकलन गरेर साढे ११ लाख बचत गर्ने लक्ष्य लिइएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । बचत रकम रंगशालाको फुटवल मैदान पुर्ननिर्माण र फुटवलको विकासमा खर्च गरिने उनले बताए ।

प्रतियोगितामा पहिलो चरणमा १ सय र दोश्रो चरण तथा फाइनलका लागि १ सय ५० रुपैयाँ टिकट दर तोकिएको एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकारले जानकारी दिए ।

You might also like

Comments are closed.