मनका धनी सूर्यनारायण, जन्मदिनमा व्यक्तिगत खर्चमा बाँडे २५ परिवारलाई राहत

लेखनाथ । पोखरा २६ लेखनाथ निवासी व्यवसायी सूर्यनारायण बरालले २५ परिवारलाई राहत वितरण गरेका छन् । आफ्नो व्यक्तिगत खर्चमा शनिबार राहत वितरण गरेका हुन् ।

पोखरा वडा नं. २६ को समन्वयमा उनले राहत बाँडेका हुन् । सूर्य कन्ट्रक्सन कम्पनी प्रा.लि.का प्राेपाइटर, अर्चले एग्रो टुरिजम कम्पनीका अध्यक्ष, सप्तगण्डकी रेडिमिक्स कम्पनीका सञ्चालक, लायन्स क्लब लेखनाथका पूर्व अध्यक्ष तथा लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ का रिजन चियर पर्सन बरालले जन्मदिनकाे अवसरमा राहत बाँडेका हुन् ।

कोरोना भाइरसको जोखिमका कारण खाद्यान्न अभाव झेलिरहेका मजदुर तथा विपन्न वर्गका परिवारलाई राहत बाँड्न पाउँदा निकै खुसी लागेको बरालले बताए । कार्यक्रममा लायन्सका क्याबिनेट सेक्रेटरी बिनोद ढुंगाना, वडा अध्यक्ष नारायणप्रसाद बराल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.