मनिपाल नर्सिङ कलेजमा बृहत स्वास्थ्य प्रदर्शनी

पोखरा, १९ जेठ ।

मनिपाल नर्सिङ कलेज पोखराले दुई दिने बृहत स्वास्थ्य प्रदर्शनी सम्पन्न गरेको छ । पि.सि.एल. नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छात्राहरुको पाठ्यक्रमको उद्देश्य पुरा गर्न प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा राखिएका सम्पूर्ण सामग्रीहरु विद्यार्थी आफैंले तयार पारेका हुन् ।

प्रदर्शनीमा पोषण सम्बन्धी जानकारी, पानीको निर्मलीकरणका उपायहरु, वातावरणको प्रदुषण र त्यसका रोकथामका उपायहरु, साना बालबालिका को लागि खोप, नेपालमा ब्याप्त विभिन्न सरुवा तथा नसर्ने रोगहरु, स्थायी तथा अस्थायी परिवार नियोजनका साधन, नबजात शिशुको स्याहार र हुन सक्ने खतराका चिन्हहरु, गर्भवती महिलाको र सुत्केरी स्याहार, मानव भ्रुणको विकासक्रम, बृद्धअबस्थामा देखिने समस्याहरु र तिनको व्यवस्थापन, विभिन्न समस्यामा गरिने प्राथमिक उपचार लगायत विषयमा पोस्टर, मोडेल र रियल मेटेरियलहरुको माध्यमबाट प्रदर्शनी गरिएको थियो । प्रदर्शनी हरेक वर्ष गरिदै आएको उपप्राध्यापक गीता घिमिरेले जानकारी दिइन् ।

नेपालमा बढिरहेको वृद्धहरुप्रति गरिने व्यबहार र विद्यालय उमेरका केटाकेटीहरु कसरी बिग्रन्छन्, त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे पपेट मार्फत नाटक प्रर्र्दशनी गरिएको थियो । बिहीबार र शुक्रबार बिरामीका आफन्तहरु, विभिन्न स्कुलहरु आएका ६ देखि १० कक्षासम्मका सयौं विद्यार्थीले प्रदर्शनी अबलोकन गरेका थिए ।

You might also like

Comments are closed.