मन्जु र सुरेनको “सोल्टीनी” सार्वजनिक

पोखरा, माघ २१
लोकदोहोरी गायिका मन्जु वि.क र गायक सुरेन घताङ्गको नयाँ कौरा गीत “सोल्टीनी” सार्वजनिक गरिएको छ । सोमबार पोखरामा एक कार्यक्रमका बिच गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उक्त गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेकी हुन् ।

ओम फाउण्डेशन नेपाल कास्कीले आयोजना गरेको कार्यक्रमको उद्दघाटन गर्दै उपसभामुख शर्माले लोक संस्कृतिको सम्बद्र्धन विकासका निम्ती प्रदेश सरकारको कानुनमै पारित गरिने बताईन । उनले सबै कलाकार प्रदेश सरकारका लागि बराबर भएको उल्लेख गर्दै कलाकारको रोयल्टीका लागि प्रदेश सरकार बाट पनि व्यवस्था गरिने जानकारी गराइन् ।
हाम्रा लोक भाकाको पहिचान हामी आफैले गर्नुपर्ने बताउदै उनले सर्जकलाई निरन्तर सिर्जनशिल बाटोतर्फ लाग्न अनुरोध गरिन ।
गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले कौरा गीत नेपालको साँस्कृतिक परिचय भएको उल्लेख गर्दै लोपन्मुख ठाडो भाकालाई पनि संरक्षण गर्न तर्फ अब कलाकार लाग्नु पर्ने बताए । विष्टले प्रदेश सभामा समेत कलाकारको संगीत रोयल्टीका कुरा उठिरहेको जानकारी गराए । प्रदेशमा प्रज्ञा प्रतिष्ठान पनि गठन गर्ने भन्ने कुरा छ , गठन भयो भने भोली यहिका कलाकारहरुले ठाँउ पाउने छन उनले भने ।

प्रदेश सभा सदस्य पुष्प केसीले हँराउदै गएको घुमाउरो घर सोल्टीनीमा देखाउदा हाम्रो मौलिकत्ताको प्रचारप्रसार गरिएको बताइन । ओम फाउण्डेशन नेपाल कला सँगै सामाजिक संस्थामा पनि क्रियाशिल भइ समाजमा उदाहरणीय काम गरिरहेको बताइन ।
कार्यक्रममा लोकसंस्कृतिको संरक्षणमा योगदान गरे बापत संस्कृति कर्मी बुद्धिमान दुरा (धम्पु) र फोटोपत्रकारिता मार्फत संस्थाको हरेक गतिविधीमा सहयोग पु¥याउने मनलाल गुरुङ (मणी सरब्जा) लाई सम्मान पनि गरिएको थियो ।

MANASLU

कार्यक्रममा प्राध्यापक डाक्टर दिल बहादुर क्षेत्री, वरिष्ठ लोक गायिका एवं सञ्चारकर्मी शान्ति गुरुङ लगायतले आधुनिकशैली आए पनि मौलिकता बिर्सन नहुने बताए ।  सार्वजनिक भएको ‘सोल्टीनी’ कौरा गीतका लय शब्द संकलक भरत सुनारलाई समेत सम्मान गरिएको थियो । कलाकारद्वय मन्जु वि.क र सुरेन घताङ्गले कौरा गीत प्रस्तुत गरि दर्शकलाई नचाएका थिए ।

गीतमा निर्देशन प्रकाश भट्टको छ भने सँगीत संयोजन भरत सुनारलेनै गरेका हुन् । गीतको सम्पुर्ण छाँयाकन स्याङ्जाको पित्लेक आरुपाटमा गरिएको हो । राजेश घिमिरेले छाँयाकन गरेको गीतको म्युजिक भिडियोमा सुरेन घताङ्ग सँगै सरिष्मा मगरको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई सुरेन घताङ्गको आफ्नै अफिसियल युटियुब मार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...