मन्टेस्वरी एशोसिएसन कास्कीको वार्षिक साधारण सभा सम्पन्न

पोखरा, ३ असोज ।

मन्टेस्वरी एशोसिएसन कास्की म्याकको तेस्रो वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ ।

मन्टेस्वरीएशोसिएसन कास्कीको तेस्रो वार्षिक साधारण सभालाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले नीजि क्षेत्रबाट सञ्चालित मन्टेस्वरी स्कुल र अन्य विद्यालयहरुलाई सरकारले निर्धारण गरेको नयाँ शिक्षा ऐन अनुरुप वैधानिक तवरले संचालन गर्न आग्रह गरे । उनले नगर शिक्षा समितिले तोकेको नियम बमोजिम नीजि क्षेत्रका स्कुलहरु संचालन हुँदा कुनै समस्या नहुने भन्दै आगामी दिनमा शिक्षा क्षेत्रमा देखिएका विकृतीहरुलाई कम गर्दै लैजाने बताए ।

त्यसैगरि बालबालिकाको भविष्य निर्माणमा मन्टेसरीको मात्र भूमिका नहुने भन्दै बालमनोविद् डा. शुसिल कँडेलले सरकारले अभिभावकत्व अथार्त बालबालिकाहरुका अभिभावकलाई सही शिक्षा दिने खालका तालिम ल्याउन सके बाल सिकाईमा सकारात्मक प्रभाव पर्ने बताए । बाल मनोविद् डा. कँडेलले बालबालिकालाई गर्भ देखि नै अभिभावकले सही सिकाइका लागि वातावरण तयार गर्ने हो भने विद्यालय सिकाईका क्रममा ९० प्रतिशत सुधार देखिने बताए । घरको वातावरणबाट नै बालबालिकाको भविष्य प्रभावित हुने हुँदा अभिभावकलाई तालिम दिएर सरकारले बालबालिकाको गुणस्तरलाई बृद्धि गर्न सकिने उनको भनाई थियोे ।

कार्यक्रममा मन्टेस्वरी एशोसिएसन कास्कीका अध्यक्ष अरुना शेरचनले मन्टेसरी एशोसिएसनलाई अक्षय कोषको लागि भनेर एशोसिएसन उपाध्यक्ष मिलन केसीलाई १ लाखको चेक हस्तान्तरण गरिन् ।मन्टेस्वरी एशोसियसनका अध्यक्ष शेरचनले उक्त रकम विपन्न बालबालिकाका लागि सहयोग हुने बताईन् । सरकारले मापदण्ड पुगेका मन्टेसरीलाई दर्ता गर्नुपर्ने भन्दै मन्टेसरीका समस्याहरुलाई हल गर्न समेत सरकारलाई आग्रह गरिन् । शिक्षा क्षेत्रमा देखिएका विकृतिहरुलाई हटाई सरकारले मन्टेसरीका लागि सही नीति ल्याउनुपर्ने उनको भनाई थियो ।

त्यसैगरि कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हामीले बालबालिकालाई सिकाई गर्ने तरिका सिकायौँ तर बालबालिकालाई सही संस्कारका लागि दिशा निर्देश गर्न नसकेकाले उनीहरुलाई हामी ज्ञान सिकाईरहँदा बालबालिकाले जसरी आफ्नो गुरु आमालाई सम्झन्छ त्यसैगरि उसले अन्य क्रियाकलाप गर्दा गुरु आमालाई सम्झनु पर्ने भन्दै बालबालिकालाई सिकाईका अलावा व्यवहारिक ज्ञान र संस्कारमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नीजि विद्यालयहरुको छाता संगठन प्यासन कास्कीका सचिव मथुरा पौडेलले नीजि क्षेत्रबाट संचालित भएका विद्यालयलाई सरकारले सही तरिकाले मुल्याकंन गर्न नसकेको प्रति खेद प्रकट गरे । अनावश्यक शुल्क लिएको बहानामा बेला–बेलामा विद्यालयलाई दुःख दिने नीति सही नभएको उनको दाबी थियो । अध्यक्ष पौडेलले हामीले सरकारलाई कर तिर्नुपर्ने हाम्रा समस्यालाई स्थानीय तहले पनि नबझुने परिपाटीले नीजि क्षेत्रका विद्यालयले बेलाबेलामा अभिभावकहरुबाट झ्न्झटीलो व्यवहार समेत व्यहोरेको दाबी गरे ।

सल्लाहकार भवानी अधिकारी, कार्यक्रम संयोजक कुल प्रसाद सुवेदी लगायतले मन्तव्य राख्नु भएको सो कार्यक्रममा जनार्दन सुवेदी, रिता देवी सुवेदी, कुल प्रसाद सुवेदी, सावित्री थापा, मिलन केसी, अप्सरा अधिकारी, नारायणी कुवँरलगायतलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो भने मन्टेस्वरी एशोसिएसनमा प्रवेश गरेको थप ९ मन्टेसरीहरुलाई एशोसिएसनले प्रमाणपत्र प्रदान गरेको थियो ।

You might also like

Comments are closed.