मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाः प्रहरी घटनास्थलतर्फ

काठमाडौं, १५ फागुन । पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको होलिकोप्टर दुर्घटनामा परेको आशंका गरिएको स्थानतर्फ प्रहरी प्रस्थान गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित सिस्नेमा हेलिकोप्टर दुर्घटना भएको आशंका गरिएको छ ।

हेलिकोप्टर दुर्घटना भएको जानकारी आएपनि अन्य विवरण आउन बाँकी छ । मन्त्रीसहित हेलिकोप्टरमा ६ जना सवार थिए ।

You might also like

Comments are closed.