काठमाडौं । जर्मनी लक्जरी कार निर्माता कम्पनी मर्सिडिजले नयाँ कन्सेप्ट इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । अमेरिकाको लस भेगासमा जारी कन्जुमर इलेक्ट्रोनिक्स शो २०२० (सीईएस २०२०) मा सार्वजनिक गरिएको सो कारमा ‘स्टेयरिङ ह्विल नै छैन’ भन्दा तपाईंलाईं अचम्म लाग्न सक्छ । तर वास्तविकता त्यही हो ।
सो कारको फ्रन्टमा भएका दुई सिटको बीचमा एक कन्ट्रोलर छ, जसले स्टेयरिङ ह्विलको काम गर्छ । सो कार अवतार मुभीबाट प्रेरित छ । त्यसैले यसको नाम पनि ‘अवतार’ राखिएको छ । अवतार मुभी सन् २००९ मा आएको थियो । कारको डिजाइन अवतार फिल्मका डाइरेक्टर जेम्स क्यामरुनको मद्दतमा तयार गरिएको हो ।
कारमा सानदार स्टाइल, भविष्यको प्रविधि र अत्याधुनिक इन्टरटेनमेन्ट फिचर समेत विभिन्न क्षमता उपलब्ध छन् । सो कन्सेप्ट कारको पछिल्लो भागको ‘बायोनिक फ्ल्याप्स’ बाट कभर गरिएको छ । कारको वाहिर भएका व्यक्तिहरुसँग कम्युनिकेट गर्नका लागि यसको प्रयोग गरिन्छ ।
यसमा विशेष प्रकारको ह्विल पनि प्रयोग गरिएको छ । सो ह्विल अवतार फिल्ममा देखाइएको ‘सिड्स अफ द ट्रि अफ सोल्स’ बाट प्रेरित छ । कारको भित्र रहेको ठूलो स्क्रिनमा थ्रीडी ग्राफिक्स देख्न सकिन्छ । यसले अवतार फिल्ममा भए जस्तै काल्पनिक दुनियाको अनुभव गर्न सकिन्छ ।
Comments are closed.