पवित्रा गुरुङ
कार्यसमिति सदस्य पदका उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

आर्थिक आवाज

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । उम्मेदवारहरुले घरदैलो अभियान सकेका छन् । घरदैलो अभियानका क्रममा पोखराका सम्पूर्ण उद्योगी व्यवसायीहरुको उत्साहजनक माया आफूले पाएको कार्यसमिति सदस्य पदका उम्मेदवार पवित्रा गुरुङले बताइन् ।

‘कार्यसमिति सदस्य पदमा मैले अत्याधिक मतले चुनाव जित्छु,’ गुरुङले भनिन्, ‘सामाजिक क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभवलाई निजी क्षेत्रको छाता संस्थामा पुगेर प्रयोगमा ल्याउनेछु ।’

तमु भाङग्रा हस्तकला उद्योग र भमराकोट पार्टी प्यालेसकी सञ्चालक गुरुङ भुपु सैनिक सेक्युरिटी सर्भिस प्रालि, साङग्रिला विकास बैंक, सेतीमोदी सहकारी संस्थामा पनि आबद्ध छन् । पोखरा महानगरपालिका महिला समन्वय समितिको अध्यक्षसमेत रहेकी गुरुङ तमुधि नेपाल केन्द्रीय महिला समितिको उपाध्यक्ष हुन् । अन्य विभिन्न संघसंस्थामा आबद्ध गुरुङ सामाजिक क्षेत्रमा लोकप्रिय व्यक्ति हुन् ।