मल्टिमोडलको आयोजनामा वृहत सरसफाई कार्यक्रम

पोखरा, ६ पुस

पोखरा मल्टिमोडल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सामाजिक उत्तरदायित्व वहन गर्दै बृहत सरसफाई कार्यक्रम गरेका छन् ।

क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का व्यवस्थापन र विज्ञान संकायका साथै वि.वि.एस का विद्याथी लगायतको सहभागिता कार्यक्रममा थियो ।

पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले कार्यक्रमको उद्घाटन गर्दै क्याम्पसले गरेको कामको प्रशंसा गरे । यस्ता कार्यक्रमले विद्यार्थी तथा समाजमा सकरात्मक सोचको विकास हुने विचार ब्यक्त गरे ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै यस क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी ले यस सरसफाइ अभियानले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास गरि योग्य नागरिक बन्न मदत पुग्ने विश्वास ब्यक्त गरे । उक्त कार्यक्रमको संयोजन वडा नं. ८ का सामाजिक कार्यकर्ता एवम यस क्याम्पसका सुभचिन्तक बलराम बरालले गरेका थिए ।

पोखरा मल्टिमोडल प्रा.लि का प्रबन्धक सञ्चालक राजकुमार गिरीले अतिथिहरुलाई स्वागत गरेका थिए । जिरो किलो मिटर, सृजनाचोक हुदै पृथ्वीचोक सम्म भएको उक्त सरसफाई कार्यक्रममा वडा नं. ८ बासीहरुलाई आफ्नो घर आगन आफै सफा गरौ भन्ने सन्देश प्रदान गरिएको थियो ।

उक्त अवसरमा वडा नं. ८ का निर्वाचित अन्य प्रतिनिधिहरु किरण गौतम, लक्ष्मी कौशल, कृष्णमान ठुसाजु, पुष्पराज सिग्देल लगायतको उपस्थिती थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...