मल्टिमोडलको वनभोज तथा अध्ययन अवलोकन कार्यक्रम

आर्थिक आवाज
पोखरा, २ पुस ।

पोखरा मल्टिमोडल क्याम्पसमा कक्षा १२ व्यवस्थापन एवं विज्ञान संकायका विद्यार्थीहरुको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कास्की र स्याङजाको सिमानामा अवस्थित पर्यटकीय स्थल गुर्दुममा कार्यक्रम भएको हो ।

कार्यक्रमको अवसरमा विद्यार्थीलाई स्याङजाको ऐतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक थल फेदिखोला, पवैगौडे गाउँपालिका र पुतलीबजार नगरपालिकाको त्रिवेणीस्थल नुवाकोट दरबार, ऐतिहासिक महत्व बोकेको काला भैरव मन्दिर एवं गोरखा भूपूसैनिक गेसोद्वारा निर्माणाधीन गोरखा स्मारकको विद्यार्थीहरुलाई अवलोकन भम्रण गराइएको छ ।

इतिहास विद र भौगोलिक विदहरुले नेपालको सबै भन्दा लामो हिमरेखा हर्न मिल्ने अन्नपूर्ण हिमाल, माच्छापुच्छ«े हिमाल हुँदै मनास्लुसम्म साथै पोखरा महानगरपालिका दृष्य अवलोकन गर्दै विद्यार्थीहरुले रमाइलो गरेका थिए ।

You might also like

Comments are closed.