पोखरा, ५ साउन ।
पोखरा मल्टिमोडल क्याम्पसमा क्याम्पस प्रमुख कृष्ण बहादुर के. सी को अध्यक्षतामा प्राध्यापक तथा शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा मल्टिमोडल क्याम्पस प्रा.लि.का अध्यक्ष लिलाधर बरालले सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सम्पूर्ण प्रा्रध्यापकलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा प्राध्यापक नगेन्द्र बहादुर भण्डारीले विद्यार्थी र प्राध्यापकहरु बिचको मनोविज्ञानको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा प्राध्यापकहरुले विद्यार्थीहरुको मनोभावना बुझी पठन पाठन गराएको खण्डमा विद्यार्थीहरुले प्रभावकारी ढङगले सिक्न सक्ने तर्फ जोड दिईएको थियो ।
उक्त अवसरमा क्याम्पसका संयोजक बाबुराम लामिछानेले पाठ्य योजना सम्बन्धमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । उनले प्रध्यायपकहरुले पाठ्ययोजना तर्जुमा गरि पठनपाठन गरेको खण्डमा विद्यार्थीहरु लाभान्बित हुने मा जोड दिए । कार्यपत्र माथि प्रध्यापक टोप बहादुर थापाले टिप्पणी गरेका थिए । कार्यक्रममा पोखरा मल्टिमोडल प्रा. लि. का सल्लाहकार प्रा.डा.यदुन्नदन उपाध्याय ले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा पोखरा मल्टिमोडल क्याम्पसका सम्पूर्ण प्राध्यापकको सहभागीता थियो ।
Comments are closed.