पोखरा, २६ भदौ ।
पोखरा मल्टमिोडल क्याम्पसले विद्यार्थी विजय गौतमलाई सम्मान गरेको छ ।
वि.वि.एस अध्ययनरत विद्यार्थी गौतमले उनको टीम सहित इन्डिोनेसियाको जकार्तामा भएको अठारौं एसियाडको प्याराग्लाइडिङ खेल प्रतियोगितामा रजत पदक हासिल गरी नेपाल राष्ट्रकै गरिमा उच्च बनाउने महान् कार्य गरेकोले क्याम्पस परिवारले बधाई तथा सम्मान गरेको हो ।
कम्पनीका अध्यक्ष लिलाधर बराल र क्याम्पस प्रमुख कृष्ण बहादुर के.सीले दोसल्ला तथा माला लगार्ई सम्मान सम्मान गरेका हुन् ।
हरितालिका तिजको अवसरमा क्याम्पसका विद्यार्थीहरुको अग्रसरतामा सामाजिक कार्य अन्तर्गत पोखरा–१४ बाच्छेवुडुवामा रहेको वास्त्यायन बृद्घाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई फलफूल वितरण गर्नुका साथै आश्रम निर्माणार्थ नगद रु १५००० (पन्ध्र हजार मात्र ) व्यवस्थापन समितिलाई हस्तान्तरण गरीएकोे क्याम्पसका प्रशासक राजु पराजुलीले जानकारी दिए । कार्यक्रममा प्रा.लि.का अध्यक्ष लिलाधर बराल, प्रबन्ध निर्देशक राजकुमार गिरी, क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालक संयोजक बाबुराम लामिछानेले गरेका थिए ।