मष्तिष्क पक्षघातका वारेमा कार्यशाला गोष्ठी हुने

 

पोखरा, ८ चैत ।

मनिपाल अस्पतालमा मष्तिस्क पक्षघातको वारेमा वृहत कार्यशाला गोष्ठी (स्ट्रोक थ्रोम्वोलाईसिस मास्टर क्लास) हुने भएको छ । चैत ९ गते शनिवार विहान ८.३० बजेदेखी नेपाल स्ट्रोक एशोसिएसन र न्युरो सर्जरी विभागको आयोजनामा गोष्ठी हुन लागेको हो ।

मष्तिष्क पक्षघात भएर हस्पिटलमा आउने विरामीहरुको सिघ्र उपचार कसरी गर्ने, पक्षघातको असर कसरी कम गर्ने, पक्षघात भएपछी कस्तो अपरेसन गर्ने, पक्षघात भएको विरामीको पुर्नस्थापना कसरी गर्ने भन्ने वारेमा गोष्ठीमा वृहत छलफल गरिनेछ ।

मष्तिष्कको रगतको नशा वन्द भएर हुने पक्षघातमा लक्षण शुरु भएको ४÷५ घण्टा भित्र रगत पातलो हुने ईन्जेक्सन(थ्रोम्वोलाईसिस) चलाएमा पक्षघातलाई निको पार्ने र यसको असर कम गर्ने उपायको वारेमा कार्यशाला गोष्ठी हुन लागेको न्युरो सर्जरी विभागका प्रमुख डाक्टर वाल गोपाल कर्माचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.