मस्र्याङदी बालज्योति आवासीय माध्यामिक विद्यालयको ३१औँ बार्षिकोत्सव सम्पन्न अब बन्ने शिक्षा ऐनले सबै विद्यालयलाई समेटनेछ ः सांसद श्रेष्ठ

पुस १४,तनहुँ ।
प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले अब बन्ने शिक्षा ऐनले सबै विद्यालयलाई समेटेर अघि बढ्ने बताएका छन् । शनिवार आबुँखैरेनी ३ स्थित मस्र्याङदी बालज्योति आवासीय माध्यामिक विद्यालयको ३१औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अबको शिक्षा नियामवलीले संस्थागत र सामुदायिक दुबै खालको विद्यालयलाई समेटेर अघि बढने बताएका हुन । “शिक्षाको गुणस्तर बढाउन तीन वटै तहले शिक्षा ऐन तथा नियामावली ल्याउने तयारी गर्दै छ श्रेष्ठले भने” ।

शिक्षा ऐन सम्पुर्ण विद्यालयको हितमा केन्द्रित हुने भएकाले यसबाट कुनै पनि विद्यालयलाई हानी नहुने श्रेष्ठले विश्वास दिलाए । धेरै अधिकार स्थानीय सरकारमा पनि आएको चर्चा गर्दै श्रेष्ठले शिक्षा, स्वास्थ्य र बिकास निर्माणका कार्यले अब तीव्रता लिने बताए ।
शिक्षा मानिसलाई नैतिक कडीमा बाँध्ने माध्यम भएको उनको भनाइ थियो । बालबालिका भोलिका भविष्य निर्धारक भएकाले अहिले उनीहरुको व्यवहार र आचारण प्रति अभिभावक विशेष सचेत हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले यस क्षेत्रको समग्र विकासमा हातेमालो गर्न प्रतिवद्धता व्यक्त गरे । अब बन्ने शिक्षा ऐनले गाँउ गाँउमा गुणस्तरीय शिक्षा पुराउने लक्ष्य राखेको चुमानले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राजाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाँउपालिका अध्यक्ष गिरबहादुर थापाले तनहुँको शिक्षाको विकासमा उक्त विद्यालयले गरेको या्ेगदान उदाहरणीय रहेको बताए । साथै उनले गाँउपालिकाका अन्य विद्यालयले पनि उक्त विद्यालयको सकारात्मक पक्षको सिको गरी शैक्षिक गतिविधि अघि बढाउन आग्रह गरे ।

वि.सं. २०४४ सालमा स्थापना भएको सो विद्यालयबाट हालसम्म ९सय ८८ जना विद्यार्थी प्रवेशिका उत्तीर्ण गरी सकेको विद्यालयका संस्थापक प्रिन्सीपल भगवान दास मल्लले जानकारी दिए । विद्यालयले २०५५ सालबाट विद्यार्थीलाई प्रवेशिका परिक्षामा सम्मेलित गराएको थियो ।

विद्यालयले ५ पटकसम्म एसएलसि परीक्षामा तनहुँ जिल्लाकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको मल्लले जानकारी दिए । हाल विद्यालयमा ७ सय ७७ जना भन्दा बढी विद्यार्थी अध्ययन गरी रहेका छन् ।
विद्यालयको स्रोत साधनले भ्याएसम्म विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक र समाजिक कार्यमा सरिक गराउदै उनीहरुको चौतर्फी विकासमा खटेको मल्लको भनाई छ ।

You might also like

Comments are closed.