महानगरका कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा

पोखरा, १६ साउन ।

पोखरा लेखनाथ महानगपालिकाले कर्मचारी सुविधाको लागि बुधबारदेखि बस सेवा सुरु गरेको छ । महानगर तथा यस अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय आउजाउ गर्न सजिलो होस भनेर बस सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । पौडेलका अनुसार बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्नेछन् । पौडेलले कर्मचारी कार्यालय आउने समयको नियमितता, एक रुपताको साथै सुरक्षालाई समेत मध्यनजर गर्दै बस सेवा सुरु गरेको बताए ।

बिदाको दिन बाहेक हरेक दिन बेगनास ताल बसपार्कबाट बिहान ९ ; १५ बजे बस छुट्ने छ । उक्त बस तालचोक, विजयपुर, अमरसिंहचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटाचोक, राष्ट्रबैंकचोक, रत्नचोक सिर्जनाचोकहुँदै महानगरको कार्यालय न्युरोडमा १० बजे आइपुग्नेछ ।

शुक्रबार ३ ; १० मा र अन्य दिन ५ः १० बजे महानगरको कार्यालयबाट सोही रुट अनुसार बेगनासतालसम्म बस पुग्नेछ । यो रुटको बस सेवाको प्रभावकारिता हेरेपछि महानगरको उत्तरतर्फको क्षेत्रलाई समेट्ने गरी पनि बस सेवा सुरु गर्ने योजना महानगरको रहेको पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.