महानगरको सहकारी समिति संयोजकमा अधिकारी

पोखरा, ११ मंसिर । पोखरा महानगरपालिकाको शुक्रबार भएको कार्यपालिका बैठकले सहकारी व्यवस्थापन समिति गठन गरेको छ । समितिको संयोजकमा तेजनारायण अधिकारीलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा राधिका शाही योगी, ओमप्रसाद सुबेदी, पुर्णकुमार गुरुङ, भीम गुरुङ, डा. उमानाथ बराल, सोमलाल कँडेल र सदस्य सचिवमा गंगालाल सुबेदी चयन भएका छन् ।

You might also like

Comments are closed.