महानगरद्धारा अपाङ्गता परिचयपत्र वितरण सुरु

पोखरा २८ माघ ।
पोखरा महानगरपालिकाले आपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण सुरु गरेको छ । पोखरा महागनरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले संयूक्त रुपमा वडा नम्वर २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपाङताको (रातो) पचिरयपत्र प्रदान गरेका थिए ।
प्रक्रिया पुगेर आएका निवेद, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिका आधारमा परिचयपत्र वितरण गरिएको हो । परिचयपत्रमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने अपाङ्गता परिचयपत्र वितरण कार्यविधिले गरेको छ ।

सरकारले अपाङ्गताको वर्गीकरण गरेको छ उनले भनिन्, ‘हामीले त्यही कार्यविधिले ब्याख्या गरेका आधारमा परिचयपत्र वितरण गरेको छौ ।’ उपप्रमुख गुरुङले पूर्ण अपाङता भएका ब्यक्तिलाई महानगर आउन असहज भएको बताउदै वडा वडामै पुगेर वितण गनुपर्ने देखिएको बताइन् । ‘पूर्ण अपाङता भएका ब्यक्तिलाई असहज भएकाले अर्को पटकबाट क र ख वर्गको परिचयपत्र वडा तहमै पुगेर वितरण गर्ने ब्यवस्था मिलाउने छौ ।’ परिचयपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिृकतले हस्ताक्षर गर्नुपर्ने ब्यवस्था रहेको छ । महानगरले पहिलो दिन ४० जनालाई परिचयपत्र वितरण गरेको छ ।

महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिका मातहत आएपछि पहिलो पटक महानगरले अपांगता भएका ब्यत्तिलाई परिचय पत्र वितरण सुरु गरेको हो । परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि र समिति नबन्दा अपाङ्गता भएका ब्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न सकेका थिएनन्् । महानगरले अपाङ्गता भएका ब्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरे लगत्तै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गको संयोजकत्वमा गठित अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको थियो ।

समितिले अपाङ्गता परिचयपत्रका लागि सोमबारसम्म कार्यालयमा दर्ता भएका निवेदन माथि छलफल गरेर परिचयपत्र उपलब्ध गराईएको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले जानकारी दिइन् । उपप्रमुख गुरुङको संयोजकत्वको समितिका सदस्यहरुमा प्रहरी निरिक्षक चन्द्रा गुरुङ, शिशुवा अस्पतालका डा.मिलन श्रेष्ठ, प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि विष्णुमाया पौडेल, २९ नम्वरका वडा सदस्य निर्मला पौडेल, स्वबलम्बन जिवन पद्धती समाजका अन्जना के.सी. र शिव सापकोटा रहेका छन् । पेश भएका निवेदन उपर प्रत्येक महिनाको अन्तिम सोमबार छलफल गरि अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले बताइन् । त्यही निर्णयका आधारमा सोमबार परिचयपत्र वितणर गरिएको हो उनले जानकारी दिइन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.