महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ विकास बैंकद्वारा हरित गार्डेन हस्तान्तरण

आर्थिक आवाज
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खालीचौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन आज हस्तान्तरण गरेको छ । सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

बैंकले १ हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ । गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमार्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपाने लगायतको उपस्थितिले शुभकामना व्यक्त गरेका थिए ।

बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम.मार्फत करिब सात लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.