महानगर स्थापना दिवसमा रक्तदान

 

पोखरा, २८ फागुन

पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ ।

स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रांगणमा आयोजित रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पहिलो रक्तदाता प्रतिक्षा चालिसेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिन् ।

रक्तदान कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी लगायत सर्वसाधरणले रक्तदान गरेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।

You might also like

Comments are closed.