महाप्रवन्धक कंसाकारलाई कालोमोसो दलेको आरोपमा तामाङ पक्राउ

काठमाडौं, २२ पुस । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मोहन वैद्य नेतृत्वको माओवादी पार्टीका सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेका हो । चन्द्रागिरि नगरपालिका–४ का ३७ वर्षीय तामाङ आइतबार थानकोटस्थित पानीघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार कार्यकक्षमै कंसाकारलाई कालोमोसो दलिएको थियो ।

You might also like

Comments are closed.