महाभूकम्पबाट भत्किएका विद्यालयको निर्माण अभियानमा लायन्स

म्याग्दी । २०७२ मा गएको महाभूकम्पबाट भत्किएका विभिन्न विद्यालयका भवनहरु निर्माण अभियानमा लायन्स जुटेको छ । लायन्स क्लब्स अन्तर्राष्ट्रिय फाउन्डेसन (एलसिआइएफ) को आर्थिक सहयोगमा म्यादी जिल्लाको तोरिपानीस्थित गलेश्वर मा.वि.को पुनर्निर्माण गरी बिहीबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ ।

डिस्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर ईन्दु लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । डिजास्टर रिलिफ रिकन्स्ट्रक्सन कमिटि चियरप्रसन पास्ट मल्टिपल काउन्सिल चियरपर्सन गिरधारी शर्माको सभापतित्वमा हस्तान्तरण कार्यक्रम भएको क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए ।

नेपालका विभिन्न जिल्लामा १८ वटा विद्यालयहरु पुनर्निर्माण भइरहेको पास्ट मल्टिपल काउन्सिल चियरपर्सन गिरधारी शर्माले जानकारी दिए । ४५ करोड रुपैयाँ लागतमा विद्यालय भवन निर्माण भइरहेको उनले बताए । ‘हालसम्म ८ वटा विद्यालयको निर्माण सकि हस्तान्तरण भइसकेको छ,’ उनले भने, ‘बाँकी १० वटा विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’

You might also like

Comments are closed.