महायज्ञमा दानवीरहरुको उत्साह बढ्दो

पोखरा, १० बैशाख

विश्वशान्ति माविमा जारी श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञमा छैटौँ दिन १० लाख दान संकलन भएको छ । दानपूण्य प्रति दिनानुदिन उत्साहित श्रद्धालु भक्तजनको उल्लेख्य सहभागितामा हालसम्म करिव ३३ लाख रकम संकलन भएको समाचार सम्प्रेषण समितिका सदस्य निर्मला केसीले जानकारी दिए छ ।

छैटौँ दिन हटिया नेवा आमा समुह देउराली हटियाबाट ५५ हजार ५ सय ५५ प्राप्त भएको छ । त्यस्तै घुसेनी सामुदयिक वन उपभोक्ता समिति खडागाउँबाट ५० हजार एक सय , दान प्राप्त भएको छ । त्यस्तै देउराली श्यामगाली थरका श्यामलाल श्रेष्ठले ५१ ह्जार एक सय ५१ , पदमकुमारी श्रेष्ठले ५० हजार ५ सय ५५ तथा देउराली खडागाउँ निवासी बुद्धीमाया गुरुङले ५० हजार ५५५ , प्रदान गरेका छन् ।

महायज्ञमा देउराली मज्र्याङकोट निवासी दामोदर पौडेल तथा परिवारको तर्फबाट पचास हजार पाँच रुपैँया प्राप्त भएको छ । त्यस्तै पोखरा नगरपालिका ३० तागाकोमुखमा अवस्थित शुभ हार्डवयर्स एण्ड सप्लायर्सको तर्फबाट ५१ हजार दान प्राप्त भएको छ । देउराली वेत्यानी निवासी पदमबहादुर अधिकारीबाट ५१ ह्जार १ सय ५१ तथा गैरागाउँ निवासी बाबुराम अधिकारीबाट ५० हजार एक सय पाँच रुपैँया दान रकम प्राप्त भएको छ ।

विद्यालयको भौतिक पुर्वाधार एवं विकास तथा र्शैक्षिक उन्नयन र प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित महायज्ञ बैशाख १३ गते सम्म्म चल्नेछ । महायज्ञमा प्रमुख वाचक रामचन्द्र तिमिल्सिना तथा उपवाचक हरिचन्द्र तिमिल्सिना रहेका छन् ।

You might also like

Comments are closed.