महालक्ष्मी बैंकको शाखा दमौलीमा

मंसिर १९,तनहुँ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गरी देशभर बैंकिङ सेवा उपलब्ध गराउने क्रममा बुधवारदेखि दमौलीमा शाखा सञ्चालन गरेको छ । नयाँ शाखाको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संयुक्त, रुपमा उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख न्यौपानेले उत्पादनमुखी लगानी गर्न बैंकलाई आग्रह गर्दै उद्योग, पर्यटन, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथामिकता दिन अनुरोध गरे । पछिल्लो समयमा तनहुँ सदरमुकाम दमौलीमा प्रतिस्पर्धात्मक रुपमा बैंक तथा वित्तिय संस्था खुलेको चर्चा गर्दै न्यौपानेले जनताले सरल तरिकाले सुविधा पाउने गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सेवाग्राहीलाई प्राथामिकतामा राखी झन्झट रहीत तरिकाले सेवा उपलब्ध गराउन बैंकहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, व्यास ३का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, महर्षि टोल विकास संस्थाका अध्यक्ष सुदिप काफ्ले, बैंकका शाखा प्रमुख सुदीप न्यौपाने लगायतले आ–आफ्नो धारण व्यक्त गरेका थिए ।
दमौलीमा शाखा विस्तार भएसँगै यस बैंकको शाखा संख्या ८५ पुगेको छ । त्यस्तै ३५ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ । महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या४ लाख १५हजार भन्दा बढी रहेको छ कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए । उनका अनुसार बैंकको चुक्तापुँजी रु.२ अर्ब ६३ करोड रहेको छ । बैंकल ेहालसम्म रु.२७अर्ब भन्दा बढी निक्षेप संकलन गरेको छ भने रु. २४अर्ब ४ करोड कर्जा प्रवाह गरेको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.