महालक्ष्मी लाइफको कार्यालय पोखरामा, अभिकर्ताको आकर्षण

आर्थिक आवाज
पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यही साताबाट कार्यालय सञ्चालनमा आएको कम्पनीका सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले जानकारी दिए । महालक्ष्मी नेपालको कान्छो इन्स्योरेन्स कम्पनी पनि हो ।

कार्यालय उद्घाटनका अवसरमा अभिकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको धमलाले बताए । ‘अन्य कम्पनीको भन्दा पृथक खालको पोलिसीले गर्दा महालक्ष्मीको बजार सम्भावना राम्रो छ,’ उनले भने, ‘अभिकर्ता र बिमा गराउन चाहनेहरुको महालक्ष्मीमा आकर्षण छ ।’

कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । संस्थापकबाट १ अर्ब ४० करोड रुपैयाँ र सर्वसाधरणबाट ६० करोड रुपैयाँ शेयर छुट्याइएको छ । कम्पनीले चालु आर्थिक वर्षसम्ममा ५० करोड रुपैयाँ बिमा शुल्क संकलनको लक्ष्य लिएको धमलाले जानकारी दिए । ‘आगामी ५ वर्षमा उत्कृष्ट कम्पनी बन्ने लक्ष्यसहित सेवा सञ्चालनमा आएको छ,’ उनले भने । कम्पनीले माघ २७ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको हो ।

You might also like

Comments are closed.