महालक्ष्मी लाइफको बीमा सेवा ओम डेभलपमेन्ट बैंकबाट पनि

पोखरा, १४ चैत ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.को बीमा सेवा ओम डेभलपमेन्ट बैंक लि.बाट पनि उपलब्ध हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच बीमा सेवा उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लि.ले देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सका जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

सम्झौतामा ओम डेभलपमेन्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।

You might also like

Comments are closed.