महासंघको उपाध्यक्षमा पृथ्वीका अध्यक्ष ऐनकुमार साईको उम्मेदवारी घोषणा

पोखरा, १३ माघ । अग्रज यातायात व्यवसायी ऐनकुमार साईले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही माघ १७ देखि १९ गतेसम्म चितवनमा हुन लागेको पाँचौं महाधिवेशनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिको तीन कार्यकालसम्म सफल नेतृत्व गरेका उनले महासंघलाई पनि नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘पृथ्वी राजमार्गलाई मैले जसरी नेतृत्व गरिरहेको छु, त्यसरी नै महासंघलाई पनि नेतृत्व प्रदान गर्नेछु,’ उनले भने, ‘सम्पूर्ण यातायात व्यवसायीले महासंघमा मलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

पृथ्वी राजमार्गले सार्वजनिक यातायातको माध्यमबाट भारतको दिल्लीलाई समेत नेपालसँग जोड्न सफल छ । समिति अन्तर्गत अहिले १ हजार ३ सय बस सञ्चालनमा छन् । नयाँ तथा सुपर डिलक्स मापदण्डका बसहरु धमाधम सञ्चालन गरिरहेको समितिको २ कार्यकालसम्म नेतृत्व गरेका ऐनकुमार साई पुन तेस्रो कार्यकालका लागि अध्यक्षमा लोकप्रिय मतका साथ निर्वाचित भएका थिए । ऋणमा रहेको समितिलाई उनकै नेतृत्वले अहिले नयाँ जीवन दिन सफल भएको छ ।

jutta mela

उपाध्यक्षको जिम्मेवरी लिएर महासंघको सेवा गर्ने उनले बताएका छन् । ‘यातायात व्यवसायलाई व्यवस्थित गर्दै सुधारका लागि मेरो योगदान रहन्छ,’ उनले भने । यातायात व्यवसायीहरुको आग्रहमा आफू उम्मेदवार बनेकाले अत्याधिक मतका साथ विजयी हुने उनको दावी छ ।

You might also like

Comments are closed.