पोउवासंघ महासचिवमा अर्जुन पोखरेलले उम्मेदवारी दिने

आर्थिक आवाज
पोखरा, १ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी असोज ५ र ६ गते हुने ३२औं महाधिवेशनमा बर्तमान उपमहासचिव अर्जुन पोखरेलले उम्मेदवारी दिने भएका छन् । हालै उनले फेसबुक मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

आफू निकट व्यवसायीहरुसँग पनि उनले महासचिवमा उम्मेदवारी दिने भन्दै सहयोगका लागि आग्रह गरेका छन् । उपमहासचिव भएर काम गरेको अनुभवलाई महासचिव भएर थप प्रभावकारी रुपमा प्रयोगमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘पोखरा उद्योग वाणिज्य संघको गरिमालाई उचो राख्ने प्रतिबद्धताका साथ महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनले भनेका छन्, ‘व्यवसायको उत्थान, अग्रजलाई सम्मान तथा नयाँलाई प्रोत्साहन भन्ने मूल मन्त्रका साथ अगाडि बढिरहेको छु ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.