पोउवासंघ महाधिवेशनः महासचिवमा अर्जुन र किसानबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

आर्थिक आवाज
पोखरा, १ भदौ । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा अध्यक्ष पछि चासोका साथ हेरिने पद हो महासचिव । हरेक पदमा जस्तै महासचिवमा पनि अहिलेसम्म दुईजना आकांक्षी सार्वजनिक भएका छन् । संघका बर्तमान उपमहासचिव अर्जुन पोखरेल र कार्यसमिति सदस्य किसान सुनारले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेपछि संघको चुनावी माहोल अझै बढेको छ ।

पोखरेलले चुनावी मिति घोषणा नहुँदै आफू महासचिवमा उम्मेदवार बन्ने घोषणा गरिसकेका थिए । महासचिवमा उठ्ने चर्चामा रहेर पनि मौन बसेका सुनारले उम्मेदवारी सार्वजनिक गरेपछि महासचिवमा पनि चुनावी माहोल तातेको छ । युवा उद्यमि र सफल व्यवसायीको पहिचान बनाएका पोखरेल र सुनारबीचको महासचिव पदमा हुने प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

पोखरेल र सुनार दुवै जनाले महासचिवमा आफू विजयी हुने दावी गरेपनि कसले बाजी मार्छ, त्यो भने भविश्यले नै बताउनेछ । असोज ५ र ६ गते हुने ३२ औं महाधिवेशन हुँदैछ ।

You might also like

Comments are closed.