महासचिवलाई कानुनले दिएको भन्दा बढी तलब किन?

काठमाडौं । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराईले सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् ।

कानुनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रकिम पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चाकल लिने गरेको जानकारी संघीय संसद सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलव र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन (निवृत्तिभरण) बुझने गरेका छन् । आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन् ।

You might also like

Comments are closed.