महिन्द्राको डिजेल सुप्रो कार्गो भ्यान पोखरामा

पोखरा, १९ पुस । महिन्द्रा एण्ड महिन्द्रा कम्पनी लिमिटेडको उत्पादन सुप्रो कार्गो भ्यान पोखरामा भित्रिएको छ । दुगड ब्रदर्श एण्ड सन्स प्रालि काठमाडौं र विश्वकर्मा अटोमार्ट पोखराको सहकार्यमा पोखरामा बुधबार एक कार्यक्रमबीच कार्गो सार्वजनिक गरिएको हो ।

यो डिजेलबाट चल्ने गाडी हो । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका उत्पादनहरु मध्ये यो सुप्रो कार्गो भ्यान नेपालकै पहिलो डिजेल भ्यान भएको कम्पनीका बिजनेश प्रमुख बद्रि भट्टराईले जानकारी दिए । १ टनसम्मको तौल ओसार पसार गर्ने व्यवसायीको आवश्यकतालाई सम्वोधन हुने गरी भयान डिजाईन गरिएको बताइएको छ । यसको प्रमुख बिशेषता अत्याधिक माईलेज रहेको भटट्राईले बताए । राम्रो माइलेज, डिआई इन्जिन, क्लोज बडी यसको विशेषता रहेको अटोमार्टका सञ्चालक शिव श्रेष्ठले बताए ।

भ्यानको महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका नेपाल बजार प्रमुख दविन्दर महोत्रा र दुगड ब्रदर्श एण्ड सन्स प्रालिका विजनेश हेड बद्री भट्टराईले पोखरामा संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । भ्यानको गण्डकी धवलागिरी क्षेत्रको आधिकारिक डिलर विश्वकर्मा अटोमार्ट हो । १३ लाख ५० हजार रुपैयाँ पर्ने भ्यान पोखराबाट बिक्री शुभारम्भ गरिएको अवसर पारेर ५० हजार नगद छुटको व्यवस्था गरिएको श्रेष्ठले बताए । बिक्री पछिका सेवा सर्भिस, पार्टस, वारेन्टी सहज रुपमा उपलब्ध गराइने उनको भनाइ छ ।

You might also like

Comments are closed.