महिन्द्राको दशैं अफर : ट्रयाक्टर किन्दा टेलर फ्रि

आर्थिक आवाज

पोखरा । दशैं र तिहारको अवसरमा महिन्द्रा कम्पनीले ट्रयाक्टर किन्दा टेलर फ्रि अफर ल्याएको छ । दशैंमा ग्राहक तान्ने योजना अन्तर्गत महिन्द्राले २ लाख ३० हजार पर्ने टेलर ट्रयाक्टर किन्दा फ्रि दिने अवसर ल्याएको हो । ४३ ईञ्चको एलइडी टिभी अफर पनि दशैंको अवसरमा राखिएको कम्पनीले जनाएको छ । टिभी नलिनेलाई स्क्रयाच कुपन दिइने कम्पनीका प्रवन्धक पुष्प बरालले जानकारी दिए ।

उनका अनुसार स्क्रयाच कुपनमा २५ हजारदेखि १ लाख ५० हजारसम्म क्यास प्राइज पर्न सक्छ । टिभी लिदा उपहार निश्चित हुने तर स्क्रयाच लिदा थोरैमा २५ हजार र धेरैमा १ लाख ५० हजार पर्ने भएकाले त्यसको जोखिमको भार ग्राहक आफैले उठाउनुपर्ने बरालले बताए ।

महिन्द्राको कारमा भने दशैं अफर नरहेको जनाइएको छ । तर महिन्द्राको जुनसुकै गाडी किन्दा पनि एउटा कुपन प्रदान गरिदै आएको छ । बम्पर उपहार अन्तर्गत कुपन दिइदै आएको हो । तिहारपछि लक्की ड्र गरेर बिजेतालाई मोटरसाइकल प्रदान गरिने बरालले जानकारी दिए ।

महिन्द्राको टु ह्वीलर्समा सिक्स्टी टु एट्टी हर्स पावरको १९ लाख ५५ हजारदेखी फोर ह्वीलर्सको बोलेरो पिकअपको २२ लाख ६० हजारसम्म तथा एक्सयुभि–५०० को १७ लाख ४० हजारदेखि ९० लाख ९५ हजार रुपैयाँसम्मको पाइन्छ ।

असोज पहिलो हप्ताबाट शुरु भएको अफर तिहारसम्म जारी रहने जनाइएको छ । अहिले गाडीको माग ह्वात्तै बढेको कम्पनीका पुष्प बरालले जानकारी दिए । उनका अनुसार अहिले १५० वटा गाडी अग्रिम बुकिङ भइसकेका छन् भने दैनिक १० देखि १५ वटा गाडी बुकिङ भइरहेकाले माग अनुसार पु¥याउन गाह्रो भइरहेको उनले बताए ।

You might also like

Comments are closed.