महिन्द्राको नयाँ मोडल ‘एक्सयुभी–३००’ गण्डकी प्रदेशमा बिक्री सुरु

आर्थिक आवाज
पोखरा । महिन्द्रा एण्ड महिन्द्राको ‘एक्सयुभी–३००’ गण्डकी प्रदेशमा बिक्री सुरुवात भएको छ । महिन्द्राका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले शुक्रबार पोखरामा एक कार्यक्रमका बीच यो गाडीको बिक्री सुरुवात गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वत तथा वातावरणमन्त्री विकास लम्साल र महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी ग्रुपका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा एक्सयुभी–३०० बिक्री सुरुवात गरेका हुन् ।

उच्च प्रविधियुक्त विशेषताहरुका कारण यो गाडी ग्राहकमाझ छिट्टै लोकप्रिय हुने कम्पनीको विश्वास छ । महिन्द्राको एक्सयूभी ३०० दुई इन्जिन अप्सन र ४ भेरिएन्टमा उपलब्ध । सो एसयूभी १.५ लिटर टर्बोचाज्र्ड डिजेल इन्जिन र १.२ लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिनमा उपलब्ध छ । सो एसयूभीको इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यो कुनै पनि अटोमेटिक भेरिएन्टमा उपलब्ध रहेको छैन ।

 

महिन्द्रा एक्सयुभी ३०० को १.२ लिटर पेट्रोल इन्जिनले ११० बीएचपीको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । १.५ लिटर डिजेल इन्जिनले ११५ बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । एक्सयुभी ३०० मा ७ एयरब्याग, फ्रन्ट पार्किङ सेन्सर, हिटेड विङ मिरर, एन्टि पिंचको साथमा इलेक्ट्रिक सनरुफ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, स्टेयरिङ मोड्स र अल ह्विल डिस्क ब्रेक जस्ता फिचर यस गाडीमा छन् ।

सो सब–कम्पेक्ट एसयूभीको बेस भेरिएन्टको मूल्य ३९ लाख ७५ हजार रुपैयाँ र टप इन्ड भेरिएन्टको मूल्य ५७ लाख २५ हजार रुपैयाँ कायम गरिएको उक्त अवसरमा जानकारी दिइयो । भारतीय बजारमा यो गाडी निकै लोकप्रिय भएकाले नेपाली बजारमा पनि धेरैको रोजाईमा पर्ने कम्पनीको विश्वास छ । कार्यक्रममा बोल्दै बतास व्रदर्शका प्रवन्ध दिर्नेशक शान्तराज बतासले पोखरासहित गण्डकी प्रदेशका महिन्द्रा ब्राण्डका गाडी निकै लोकप्रिय रहेको बताए । ‘यो गाडी पनि लोकप्रिय हुने हामीले विश्वास गरेका छौं,’ उनले भने । महिन्द्राका ग्राहकहरुलाई आफूहरुले स्तरीय सेवा प्रदान गर्न सफल रहेको बतास व्रदर्शका निर्देशक कार्यकारी प्रमेश पराजुलीले बताए । ‘बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने ।

Mahindra XUV-300@ Gandaki province

Gepostet von Arthik Awaj am Freitag, 20. Dezember 2019

You might also like

Comments are closed.