महिन्द्राको लोकप्रिय विद्युतीय कार ईटुओ प्लसको उत्पादन बन्द

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले इलेक्ट्रिक कार ईटुओ प्लसको उत्पादन बन्द गरेको छ । रेभा प्लेटफर्ममा आधारित सो फोर डोर ह्याचव्याकको राम्रो रेस्पोन्स नआएको र यसको बिक्रीमा पनि कमी आएकोले सो कारको निर्माण बन्द गरेको बताइएको छ ।

सो कारको निर्माण बन्द हुनुको अर्को कारण सेफ्टी नम्र्स पनि एक रहेको छ । भारतमा लागू हुने सुरक्षा मापदण्डलाई यसले पुरा गर्न नसक्ने भएकाले पनि यसको उत्पादन बन्द गर्नु परेको हो । यो भारतको पहिलो इलेक्ट्रिक कार हो । कम्पनीले ईटुओको अन्तिम युनिटको निर्माण ३१ मार्चमा गरेको थियो ।

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक केयूभी इलेक्ट्रिकमा काम गरिरहेको र यो यही वर्षको अन्तिममा लन्च गरिनेछ । अनुमानित रिपोर्टका अनुसार इलेक्ट्रिक कारको कम माग भएको कारणले कम्पनीले एकै समयमा दुई वटा इलेक्ट्रिक कार बिक्री गर्ने छैन । ईटुओ प्लस कारको निर्माण भारतीय बजारको लागि मात्र बन्द गरिएको हो । नेपाल, भुटान, बंगलादेश र श्रीलंकाका लागि भने सो कारको निर्माण जारी रहनेछ ।

महिन्द्राले ईटुओ प्लस सन् २०१३ मा लन्च गरेको थियो । व्यक्तिगत उपयोगको लागि यो भारतमा पाइने एउटै कार हो । शुरुवातमा सो कार टु डोर अप्सनको साथमा आएको थियो । पछि फेसलिफ्ट भर्सनको ४ डोरको साथमा लन्च गरिएको थियो । महिन्द्रा ईटुओ प्लस दुई रेन्ज अप्सनमा उपलब्ध रहेको छ । लिड एसिड ब्याट्री भेरिएन्टले ११० किलोमिटर र लिथियम आयन ब्याट्री पी८ भेरिएन्टले १४० किलोमिटरको रेन्ज तय गर्छ । वर्तमान समयमा कम्पनीको ई–भेरिटो र ई–सुप्रो कमर्सियल इलेक्ट्रिक भेइकल्स रहेको र यसको निर्माण जारी रहनेछ ।

टिप्पणिहरु बन्द छन्.