महिलालाई कानूनी ज्ञान नहुदाँ समस्याः उपप्रमुख गुरुङ

पोखरा, माघ २४ ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाका लागि कानूनमा भएका ब्यवस्था बारे जानकारी नहुदाँ समस्यामा पर्ने गरेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नं. ३१ को आयोजना र नवजीवन महिला विकास संस्थाको संयोजनमा आयोजित तीन दिने देवानी कानून तथा क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन गदै गुरुङले भदौदेखि कार्यान्वयनमा आएको देवानी कानूनमा महिलाका बारेमा थुपै्र व्यवस्था गरेको भएपनि त्यस बारे महिलाहरुलाई जानकारी नभएको बताइन् ।

उनले महिलाहरुले कानूनी व्यवस्था र अधिकारका बारेमा बुझनुपर्नेमा जोड दिइन् । उपप्रमुख गुरुङ देवानी कानूनमा बहुविवाहलाई मान्यता नदिने लगायतका जघन्य अपराधमा सजयाको व्यवस्था बारे जानकारी हुनुपर्ने बताउदै त्यसका लागि महिलाले चासो राख्नुपर्नेमा जोड दिएकी हुन । उनले महिलाहरु आफना अधिकार बारे जागरुक नहुदाँ पछाडि परेको बताइन् ।  महिलाहरु आर्थिक रुपमा सबल, कानूनी ज्ञानको अभाव र स्पष्ट रुपमा कुरा राख्न नसक्दा पछाडी परेको उनको भनाइ थियो । महिलालाई आर्थिक रुपमा सवल बनाउन महानगरले उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको जानकारी दिइन् ।
विगतमा थुप्रै रकम तालिमका लागि खर्च भएको छ तर त्यसको उपलब्धी सुन्य छ उनले भनिन,‘ त्यसैले महागनरले तालिम लिएर बसेका महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरि कार्यक्रम ल्याएको छ ।’

वडा नं. ३१ अध्यक्ष कमल थापाले वडाभित्र रहेका महिलाहरुलाई कानूनी सचेतना र क्षमता अभिबृद्धिकालागि कार्यक्रम गदै आएको बताउदै व्यवहारमा उत्तार्न आग्रह गरे । उनले वडाका तीन ठाँउमा कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यक्रममा नवजीवन महिला विकास संस्थाका अध्यक्ष कमला थापा, वडा सदस्य विष्णु सुनार, सहजकर्ता सरिता तिमिल्सिना पंगेनी, दामोदरभक्त थापा लगायतले महिलालाई कानूनी सचेता र क्षमता अभिबृद्धि कार्यक्रम आवश्यक रहेको बताए । तीन दिने कार्यक्रममा पत्रकारद्धय सरिता तिमिल्सिना पंगेनी र कञ्चन थापाले सहजीकरण गर्ने छन् ।

You might also like

Comments are closed.