महिलाले अब कसैसंग पैसा माग्नु भन्दा दिन सक्नु पर्छः सांसद गुरुङ, मिस तिज क्याट वाक उपाधि जेनिसालाई

पोखरा, ३ भदौ ।

गण्डकी प्रदेशका सांसद एवं बरिष्ठ सौन्दर्यकर्मी मिना गुरुङले महिलाहरु अब कसैसंग पैसा माग्नु भन्दा आफै सक्षम भएर दिन सक्नु पर्ने बताईन् । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको शनिबार पोखरामा सम्पन्न भएको मिस एण्ड मिसेस तीज २०७५ को उद्घाटन सत्रमा वोल्दै सांसद गुरुङले महिलाहरु अब व्यवसायिक हुदै आत्म निर्भर वन्न सके कसैसंग पैसा माग्नु भन्दा दिन सक्ने हुनुपर्नेमा जोड दिएकी हुन् ।

उनले भनिन् “ हामी महिला घरायसी काममा मात्र व्यस्त हुने होईन, ८ घण्टा काम, ८ घण्टा आराम ८ घण्टा मनोरन्जनको सिद्धान्तलाई पुरा गर्न घरायसी कामसंगै समाजमा बाहिर आएर व्यवसायिक यात्रामा लाग्नु पर्छ । ” समाज परिवर्तको लागि महिलाहरु एक हुनु पर्ने उनले बताईन । सौन्दर्य क्षेत्रमा लागेका महिलाहरुको शक्तिकरणको लागि पनि यूनियनले विगत देखि विभिन्न कार्यक्रम गर्र्दै आएको सांसद गुरुङको भनाई थियो ।

यूनियन नेपालका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ब्रम्हकुमारी इश्वरिय विश्व बिद्यालय पोखरा पार्दीका अप्सरा दिदी, नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बराल, जिफन्ट नेतृ हिरु पुन, महासचिव पवि गुरुङ लगायतले महिला अब स्वरोजगार तर्फ उन्मुख हुनु पर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा पर्वतको यूनियनले सांसद गुरुङलाई सम्मान गरेको छ । युनियनका संस्थापक अध्यक्ष समेत रहेकी सांसद गुरुङले तीन विधामा सौन्दर्यकर्मीलाई सम्मान गरेकी छन् । कुसल संगठनबाट केद्रिय महासचिव पवि गुरुङ, कृयाशिल सदस्यबाट नुर गुरुङ र उर्जाशिल सदस्यबाट यूनियन पर्वतका अध्यक्ष कमला पौडेल सम्मानित भएका हुन् ।

त्यसै गरी उक्त अवसरमा सम्पन्न भएको मिस क्याट वाकको उपाधि जेनिसा गुरुङ र मिसेस क्याट वाक उपाधि सृजना लामाले हात पारेका हुन । उत्कृष्ट नृत्यमा हिरा भण्डारी घोषित भईन् । पोखरा महेन्द्रपुलमा रहेको हङकङ व्यूटि इन्स्टिच्यूट प्रालि तथा क्लारा ईन्टरनेश्नल स्पाः एवं व्यूटि कलेज मुख्य प्रायोजक रहेको थियो । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको सन्र्दभमा यूनियनले आफ्ना सदस्यहरुलाई भेला गराई दर समेत खुवाएको थियो ।

You might also like

Comments are closed.