महिलाहरुलाई ६ महिने सिलाई कटाई तालिम

पोखरा, ५ माघ ।
पोखरा महानगरपालिका वडा नं. ५ले महिलाहरुको लागी सञ्चालन गरेको ६ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
आ.व २०७५÷७६को वडास्तरीय बजेटबाट घरेलु तथा साना उद्योग कार्यालय पोखराको प्राविधिक सहयोगमा संचालित ६ महिने सिलाई कटाई तालिमको समापन भएको हो ।
तालिममा वडाभित्रका ३३ जना महिला सहभागी भएका थिए । सो अवधिमा मञ्जु नेपालीले प्रशिक्षण दिएकी थिइन् ।

समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न र आयआर्जनमा लाग्नु आग्रह गरिन् ।
कार्यक्रमका सभाध्यक्ष पोखरा ५ का वडाअध्यक्ष धन बहादुर नेपालीले आफूले सिकेको सिपबाट व्यवसाय शुरु गर्नुपर्ने बताउँदै त्यसको लागि वडाबाट सक्दो सहयोग गर्ने बताए

You might also like

Comments are closed.