महिला उद्यमीका लागि उद्यमशिलता तालिम

लेखनाथ, १ असार

नेपाल उद्योग बाणिज्य महासंघको आयोजना तथा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश र लेखनाथ उद्योग बाणिज्य संघको सहकार्यमा गण्डकी प्रदेश अन्तरगत रहेका महिला उद्यमीहरुलाई एक दिने उद्यमशिलता एवंम ब्यवसायिक कानुन विषयमा तालिम प्रदान गरिएको छ ।

तालिमको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोईरालाले महिलाहरुलाई ब्यवसाय तर्फ आर्कषण गर्न राज्यले पनि लगानीमैत्री वातावरण ल्याउनु पर्ने सुझाव राख्दै त्यसमा महासंघको तर्फबाट सहयोग रहने बिचार राखेका थिए ।

महिलाहरुबाट संचालन गरिने जुन सुकै उद्योग कलकारखाना सफलता पुर्वक अगाडी वढेको उदाहरण दिदै काममा लगनसिलता र पेशा प्रति बफादार हुन सकेमा सानो लगानीबाट पनि मनग्य नाफा लिन सकिने भएकाले ढुक्क भएर आफनो आय आर्जनमा बृद्धि गर्नका लागि उद्यमी बन्न आग्रह गरे ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रिय सदस्य एवं महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले घर परिवारबाट राम्रो वातावरण सृजना हुने हो भने महिलाहरु पनि ब्यवसायको क्षेत्रमा आउन सक्ने तर्क राख्दै अवसर र चुनौतीलाई सामाना गर्दै महिलाहरु बाहिरी वातावरण बुझनका लागि पनि ब्यवसायको क्षेत्रमा आउनु पर्ने सुझाव राखेकी थिईन ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला उद्यमीहरुका लागि उद्यमशिलता एवंम ब्यवसायिक सम्वन्धी कानुन विषयमा औधोगिक ब्यवसाय ऐन,सामाजिक सुरक्ष ऐन एवं क्षमता बिषयमा महासंघका उप निर्देशक हंसराम पाण्डेले जानकारी गराएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य महिला उद्यमी समन्वय समितिका सभापति एवं कार्यसमिति सदस्य मेनुका श्रेष्ठले गरेकी थिईन भने कार्यक्रम संचालन संघका महासचिव भरतकुमार अधिकारीले गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश अन्तरगत रहेका ११ जिल्ला मध्य मनाङ र मुस्ताङका बाहेक अन्य जिल्लाका महिला उद्यमीहरुको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.