महिला दिदीबहिनीहरु हिंसामा पर्ने कारण अशिक्षा हो ः कोमल वली

पोखरा १ माघ ।
गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला दिदीबहिनी आफ्नै कारणले गर्दा हिंसाको सिकार बन्नुपरेको वताइन । नवौ पोखरा महोत्सवमा सहभागी हुन पोखरा आइपुगेकी वलीले आफ्नो प्रस्तुती संगै महिला हिंसाका घटना घट्नुमा महिला दिदी बहिनीकै कमजोरी भएको र त्यो कमजोरी भनेको अध्ययनमा कमी हुनु हो उनले भनिन । वलीले दिदि बहिनीहरु अध्ययनलाई थाति राखेर पारिवारिक जिम्मेवारी बहन गर्न तर्फ लाग्दा पनि उनीहरु बढी हिंसाको सिकार बनेको उनको भनाई थियो ।

वलीले बांझो खेतमा, तुलसी पुरमा लगायतका गीतहरु प्रस्तुत गरेकी थिइन । वली संगै मंगलबार महोत्सवमा प्रजापति पराजुली, कुमार पुन, जीवन दाहाल, जय कुमार परियार, शिव हरी ढुंगाना, निशा पोख्रेल र मीना श्रीष मगर लगायतको दोहोरी प्रस्तुती रहेको थियोभने हास्य कलाकार राजा राजारामले हास्य प्रहसन मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

त्यसैगरी संस्कृती तर्फ तरेली सांस्कृतीक परिवार र मिmं शिर्जनशील नेवा समाज दुलेगौडा तनहुको नेवारी संस्कृती झल्काउने धीमे र ट्याकटुके नाच प्रत्यक्ष प्रदर्शन गरिएको थियो । मंगलवार सांझ द एक्स ब्याण्ड र लोकल ब्याण्ड प्रोभर्सको प्रस्तुती रहेको महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा बुधवार लोकदोहोरी तर्फ राधिका हमाल, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, नर बहादुर राना, सजना बास्तोला, प्रेमराज अधिकारी, रनु गुरुङको प्रस्तुती रहने छभने हास्य ब्यंग्य तर्फ मेरी बास्सैका सापटी र घेरौलेको प्रस्तुती रहनेछभने संस्कृतीक प्रस्तुती तर्फ तरेली सांस्कृतीक परिवारको नृत्य र पोँचोको तमु समाज पोखरा १४ को गुरुङ संस्कृतीमा आधारित घाटु नृत्यको प्रत्यक्ष नृत्य रहने छ । बुधबार सांझ लाइभ कन्सर्ट तर्फ मेलिना राइ र स्कार्ड जनीको प्रस्तुती रहने छ ।

महोत्सवको पांचौ दिनसम्म आइपपुग्दा महोत्सवमा दर्शकको उत्तिकै आकर्षण रहेको आयोजकले जनाएको छ । महोत्सवमा राखिएका स्टलहरुमा ब्यापार समेत वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले वताए । थापाका अनुसार मंगलबार दिउसो र सांझमा दर्शकको उल्लेख्य भीड रहेको थियो । महोत्सव स्थलमा रहेको होम स्टेको प्रवद्र्धन गर्न राखिएको स्टलले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको छभने महोत्सवमा राखिएको चिडियाखानाको स्याण्ड मोडल र सर्पको बारेमा जानकारी दिन राखिएको स्टलमा समेत दर्शकको घुइचो लागेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवको पांचौ दिन सम्म आइपुग्दा लेखनाथको पचभैयामा निर्माणधिन चिडियाखाना जुलोजिकल पार्क हेर्न जानेको संख्यामा समेत बृद्धी भएको छ ।

You might also like

Comments are closed.