महिला सशक्तिकरणका लागि महानगर सदैव सकारात्मक : पौडेल

 

पोखरा, १६ जेठ ।

पोखरा लेखनाथ महानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेलले महिला शसक्तिकरणका लागि महानगर सदैव सकारात्मक रहेको बताए  । रेडियो जननी ९०.६ को आयोजनामा सम्पन्न महिला शसक्तिकरणका लागि उद्घोषणकला एवं नेतृत्व बिकास तालिमको मंगलबार समापन समारोहमा बोल्दै उनले स्मार्ट सिटि निर्माणका लागि महिलाहरुको महत्वपूर्ण भूमिका रहेको हुँदा नेतृत्व बिकासका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको जानकारी दिए ।

रेडियो जननी ९०.६ एवं कार्यक्रमका अध्यक्ष मिलन थापाले रेडियो जननीले उद्यमशिलतामा मात्रै हैन महिलाहरुको क्षमता बिकासका लागि आयोजना गर्ने बिभिन्न तालिमहरुले व्यक्तित्व बिकासमा टेवा पुग्दै आएको बताउँदै सिकेको ज्ञानलाई व्यबहारमा लागू गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रमका संयोजक रेडियो जननीका स्टेशन म्यानेजर एवं नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीले महिलाहरुको नेतृत्व बिकास, बोल्ने कला र संचार माध्यमसँगको सामिप्यता बढाउनका लागि रेडियो जननीले स्थापनाकालदेखि यस्ता तालिमहरुको आयोजना गर्दे आएको र यसका कारण महिलाको नेतृत्व तहमा अर्थपूर्ण परिवर्तन आएको बताईन् ।

सोही अवसरमा बोल्दै रेडियो जननी ९०।६ का संस्थापक एवं सल्लाहकार लक्की कार्कीले आफ्नो भित्री शक्तिलाई पहिचान गर्न सक्नु नै सशक्तिकरण भएको हुँदा देश बिकासका निम्ति महिलाहरुको योगदान अतुलनिय रहेको बताईन् ।

सामाजिक अभियन्ता सरु दाहाल अधिकारी, तालिमका प्रशिक्षक भानु पराजुली, व्यूटिपार्लर एशोसिएशन कास्कीका अध्यक्ष कल्पना कोईराला ,सहभागी शिव कुमारी रानाभाटले तालिम फलदायी रहेको र यसको परिणाम दिर्घकालिन रुपमा देख्न सकिने बताए । कार्यक्रममा सहभागी महिलाहरुले कार्यक्रम निकै लाभदायी भएको बताए । पोखरा लेखनाथ महानगरपालिकाको सहयोग रहेको उक्त तालिमका सहभागीहरुले सिकेका बिषयबस्तुलाई व्यवहारमा उतार्ने प्रतिबद्धता समेत व्यक्त गरे । सोहि समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का सदस्य रबिना ढकाललाई बधाई ज्ञापन समेत गरिएको थियो । कार्यक्रममा रेडियोका संस्थापक अरुणा शेरचनले स्वागत मन्तब्य व्यक्त गरेकी थिईन् भने तालिममा ३० जनाको सहभागिता रहेको थियो

You might also like

Comments are closed.