महिला सिप विकास संस्थाको आयोजनामा हाते तान बुनाई, सिलाई तथा गुडिया बनाउने तालिम सुरु

पोखरा, १९ जेठ

महिला सिप विकास संस्था पोखराको आयोजनामा हाते तान बुनाई, सिलाई तथा गुडिया बनाउने तालिम सुरु भएको छ ।हाते तान बुनाई ३ महिना, सिलाई २ महिना र गुडिया बनाउने तालिम १ महिना सम्म चल्नेछन् । तालिमको एक कार्यक्रमका बीच शुक्रबार प्रमुख पोखरा महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नयाँ नयाँ कार्यक्रमहरुका बारेमा जानकारी दिँदै पछिल्लो समय महिलाहरु केन्द्रित विविध कार्यक्रमहरु वडामा आएको वताए । यसका साथै उनले वडामा रहेका कार्यक्रमहरुका लागि वडासंग समन्वय गर्न महिला सिप विकास संस्थाका महिला दिदिबहिनीहरुलाई आग्रह समेत गरे । त्यस्तै संस्थाले गर्ने राम्रा कार्यमा महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने बरालको प्रतिबद्धता थियो ।

jutta mela

कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले तालिमको महत्वका बारेमा प्रष्ट पारेकी थिईन् । तालिम एकदमै फलदायी हुने भन्दै तालिम लिए पश्चात स्वरोजगार बन्ने अवसर मिल्ने उनको भनाई थियो । यसका लागि ध्यानपुर्वक तालिम लिनुपर्ने र तालिममा सिकेका कुरालाई प्रशिक्षार्थीले व्यवहारमा लागु गर्नुपर्नेमा उनको जोड थियो ।

पोखरा महानगरपालिकाका विभिन्न वडाहरु वडा नं २७, १५, १९, १४, १६, १, २५ र ७ का गरी जम्मा ७० जना सहभागीहरुलाई लक्षित गरि आयोजित उक्त तालिममा प्रशिक्षकहरु सिता थापा, भगवति ढकाल, चुमाया पुर्जा र प्रेम कुमारी गुरुङले सहजिकरण गर्नेछन् ।
संस्थाको का.वा.अध्यक्ष काशिमाया गुरुङकको सभापतित्वमा भएको उद्घाटन समारोहमा संस्थाका सचिव तारा देवि गर्बुजाले र कार्यक्रमको सञ्चालन मिना खड्काले गरेका थिए । तालिम संस्थाको भवन तथा लामाचौर स्थित शाखा कार्यलयमा सञ्चालन हुने संस्थाले जनाएको छ ।

You might also like

Comments are closed.