महिला हिंसा न्यूनिकरणका लागी अन्तरक्रिया

पोखरा, १६ असोज ।

मानवअधिकारका लागी युवा समुह, इन्सेक गण्डकी प्रदेश, राष्ट्रिय मानवअधिकार आयोग र पिपल्स फोरम नेपालको आयोजना बढ्दो महिला तथा वालिका हिंसाको न्यूनिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख दिपकध्वजजंग कार्कीले महिला हिंसा न्यूनिकरण गर्न युवा बिद्यार्थीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

‘हिंसा भएपछि कानुनी कारवाही अवश्य हुन्छ त्यो भन्दा पनि हिंसा हुनै नदिन के गर्ने भन्ने महत्वपूर्ण विषय हो’उनले भने,‘युवा विद्यार्थीहरुकै सक्रियता र जिम्मवारी बोेधले हिंसा न्यूनिकरणमा ठूलो भुमिका रहन्छ ’ ।
उनले संविधान सबै नागरिकको पहुँचमा पुग्न नसकेकै कारण कार्यन्वयनमा समस्या देखिएको बताए । ‘संविधान राम्रो बनेको छ तर त्यसमा के छ भनेर सामान्य नागरिकले थाहा पाउन सकेनन् जसकारण संविधानको सफल कार्यन्वयन गर्न कठिनाइ भैरहेको छ’,उनले भने ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानवअधिकार मैत्री समाज निर्माण गर्न युवा बिद्यार्थीको भुमिका महत्वपूर्ण रहने बताए ।

अधिवक्ता भुवन पराजुलीले जनताहरुले कानुनी ज्ञान भएकैै कारण घटनाहरु बाहिर आउन लागेको बताइन् । ‘पहिले मिलाउने मिल्ने भन्ने हुन्थ्यो , अहिले बिस्तारै कानुनी ज्ञान बढ्दै गएको छ जसले घटनाहरु बाहिर आउन थालेका छन् हिँसा बढेको भन्दा पनि कानुनी ज्ञान बढेको देखिन्छ’,उनले भनिन् । पराजुलीले नेपालको मौलिक हक , देवानी र फौजदारी कानुनका बारेमा समेत प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्मा , मानवअधिकारका लागी युवा समुहका विनय पराजुली लगाएतले बोलेका थिए ।
इन्सेक गण्डकी प्रदेश कार्यलयमा आयोजित कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका विधार्थीहरुको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.