आर्थिक आवाज
पोखरा, १६ कात्तिक ।
पोखराको महेन्द्रपुलमा रचैताज फेसन बुटिक सञ्चालन हुने भएको छ । कृस कञ्चन ज्वेलरीको भित्र आइतबारबाट बुटिक खुल्न लागेको हो । बुटिक डिजाइनकै विषयमा स्नातक अध्ययन गरेकी रचइता माकाजूले बुटिक सञ्चालन गर्न लागेकी हुन् ।
बुटिकको आइतबार एक कार्यक्रमका बीच मिस नेपाल वल्ड २०१७ निकिता चन्डकले उद्घाटन गर्नेछिन् । उद्घाटन कार्यक्रमलाई ३ दिनसम्म निरन्तरता दिइने माकाजूले जानकारी दिइन् । ‘बुटिक शुभारम्भका अवसरमा ३ दिनसम्म विशेष छुटमा सेवा प्रदान गर्नेछौं,’ उनले भनिन् ।
लेडिज तथा जेन्सका कपडाहरुमा अर्डर अनुसार बुटिक डिजाइन गरिने माकाजूले जानकारी दिइन् । ‘बुटिकका क्वालिटी प्रडक्ट बजारमा ल्याउन हामी सफल हुनेछौं,’ उनले भनिन्, ‘हरेक मानिसमा शारीरिक बनावट फरक फरक हुन्छ । प्रत्येक ग्राहकलाई उहाँहरुको शरिरमा सुहाउने गरी बुटिक डिजाइन गर्नेछौं ।’
सारी, लेहङ्गा, कुर्था, क्याजुअल ड्रेस, पार्टी ड्रेस, ब्राइडल वयर, पावर ड्रेसिङ लगायत अर्डर अनुसारका कपडामा बुटिक डिजाइन गरिने उनले जानकारी दिइन् । बच्चा तथा जेन्सका कपडामा पनि बुटिक डिजाइन गरिने माकाजूले जानकारी दिइन् ।
‘भारत, चीन, इन्डोनेसिया, लगायतका देशबाट कपडा तथा मेटेरियल्स ल्याएर पोखरामा बुटिक डिजाइन गरिनेछ,’ उनले भनिन् । करिब ५० लाख रुपैयाँ लगानीमा पसल सञ्चालनमा ल्याउन लागिएको हो । आवश्यकता अनुसार लगानी बिस्तार गरिने बताइएको छ ।
Comments are closed.