महेन्द्र अधिकारी कालिका लघुवित्तको सिईओ नियुक्त

पोखरा । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बैंकर महेन्द्र अधिकारी नियुक्त भएका छन् । पोखरा महानगरपालिका ११ निवासी अधिकारीलाई असोज २९ गते बसेको संचालक समितिको बैठकले निर्णय गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

करिव १३ वर्ष ग्रामीण विकास बैंकमा माथिल्लो ओहदामा रही लघुवित्त क्षेत्रमा विशेष अनुभव हासिल गरेका अधिकारीले विभिन्न क श्रेणीको बैंकदेखि विकास बैंकको समेत लामो बैंकिङ अनुभव बटुलेका छन् ।
यस अघि प्यासिफिक डेभलपमेन्ट बैंक लमजुङमा ७ वर्ष प्रमुख कार्यकारी अधिकृत र ग्लोबल आई.एम.ई.बैंकमा लघुवित्त विभागको प्रमुख लगायत प्रदेश प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका अधिकारीले संस्थागत रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिमहरु समेत लिएका छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका अधिकारीले सिईओमा नियुक्त भए पछि सपथग्रहण कार्यक्रममा बोल्दै संस्थाले सुम्पिएको जिम्मेवारीलाई दृढता पुर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२०७७ श्रावणदेखि नायव प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्रीले कामु सिईओको रुपमा काम गर्दै आएका थिए ।

lcci
You might also like

Comments are closed.