महेन्द्र गुफा र चमेरे गुफामा पर्यटकीय आकर्षण बढाउन आवस्यक

 

पोखरा ३१ भाद्र

पोखराको समग्र पर्यटन प्रर्वद्धन गर्न, पर्यटकीय गतिविधिलाई बढावा दिनुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

विन्ध्यवासिनी मा.वि. पोखरा–१६, बाटुलेचौरले महेन्द्र गुफा तथा चमेरे गुफाको संरक्षण तथा दीगो व्यवस्थापनका लागि तयार गर्न लागेको गुरु योजनाका विषयमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले बाटुलेचौर लगायत यस आसपासको क्षेत्रमा गुफालाई केन्द्रमा राखेर पर्यटकीय गतिविधि बढाउन सुझाव दिएका हुन् । पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले गुफा मात्र देखाएर पर्यटन प्रवद्र्धन नहुने बताउँदै यस क्षेत्रको संस्कृति, स्थानिय रिती रिवाजलाई पनि जोड्नु पर्ने बताए । वडा नम्वर १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पर्यटकीय क्षेत्रको विकासमा स्थानिय सरकार प्रतिबद्ध रहेको बताउँदै गुरु योजनाले व्यवस्थित पर्यटन विकासमा टेवा पु¥याउने बताए । वडा नं. १९ का वडाध्यक्ष शोभामोहन पौडेलले महेन्द्र गुफा र चमेरे गुफा सम्म आउने पर्यटकलाई अर्मलाकोट र घार्मी सम्म पु¥याउन सके क्षेत्र विस्तार हुने बताए । पूर्व वडाध्यक्ष उदय बहादुर बस्नेतले पर्यटकहरु बस्ने सूविधा सम्पन्न होटल बनाउन स्थानियहरु जागरुक हुनुपर्ने बताए ।

माछापुच्छे« कन्सलटेन्सीका प्रमुख बाबुराम बरालले गुफा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्दा धेरै कुरामा विचार पु¥याउनु पर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन विज्ञ श्रीकान्त खतिवडा, पूर्व वडाध्यक्ष दान बहादुर बानियाँ, भु.पु. विद्यार्थी मञ्चका पूर्व अध्यक्ष सुवास अधिकारी, चमेरा विज्ञ डा. पुष्पराज आचार्य, समाजसेवी यम कार्की, समाजसेवी गोविन्द बस्नेत प्राध्यापक कुञ्जराज थापा, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष केशव बस्नेत लगायतले चमेरालाई संरक्षण गर्दै गुफालाई आकर्षक स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागीहरुले गुरुयोजनाका लागि लिखित सुझाव समेत बुझाएका थिए । विद्यालयका अध्यक्ष चन्द्रा थापाले सबैका सुझावलाई समेटेर गुरु योजना निर्माण गरिने र सोही अनुसार काम थालनी गरिने बताए ।

विद्यालयले गुफाको दीर्घकालिन गुरुयोजना निर्माणका लागि माछापुच्छ्रे कन्सल्टेन्सीसँग सम्झौता गरी कार्य सुरु गरेको छ । दुवै गुफा विन्ध्यवासिनी मा.वि.को संरक्षण तथा स्वामित्वमा सञ्चालनमा छन् ।

You might also like

Comments are closed.