महेन्द्र मावि गुणादीमा हुने महायज्ञको प्रचारप्रसार तिव्र

तनहुँ, २३ माघ ।
म्याग्दे–१ गुणादी स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा स्थापनार्थ यही फागुन ११ देखि १९ गतेसम्म हुने महायज्ञको प्रचारप्रसार तीव्र पारिएको छ । महायज्ञको प्रचारप्रसार तीव्र रुपमा अघि बढिरहेको महायज्ञ प्रचारप्रसार समितिका संयोजक विकास खनालले जानकारी दिए । विशेष गरी म्याग्देको गुणादीमा जन्मेर देश तथा विदेशमा बसोबास गर्ने देखि रोजगारी गर्नेहरु समेतलाई विभिन्न माध्यमबाट महायज्ञको बारेमा जानकारी गराइएको छ ।

सामाजिक सञ्जालदेखि टेलिफोन, इमेल र प्रत्यक्ष भेटघाट समेत गरी महायज्ञको बारेमा जानकारी गराइरहेको महेन्द्र मावि गुणादीका पूर्व विद्यार्थी संघका अध्यक्ष समेत रहेका प्रचारप्रसार संयोजक खनालले बताए । संयोजक खनालकै नेतृत्वमा मंगलबार एक टोली महायज्ञको प्रचारप्रसारका लागि चितवन र नवलपुर पुगेको छ् । टोलीले महायज्ञको प्रचारप्रसार गरी गुणादीसँग सम्बन्धित दुई जिल्ला ६० घरमा निमन्त्रणा कार्ड दिइ महायज्ञमा कथा श्रवण गर्न आमन्त्रण गरेको खनालले बताए ।

प्रचार प्रसारका अलावा महायज्ञ सफल पार्न गठित मूल आयोजक समिति र अन्य विभिन्न उपसमितिहरुले आ–आफ्ना जिम्मेवारी अनुरुपका कामहरु तीव्र रुपमा अगाडि बढाइरहेको महायज्ञ मूल समारोह समितिका संयोजक एवं विव्यस अध्यक्ष विजयराज खनालले बताए । म्हायज्ञबाट ३ करोड दान संकलन गर्ने लक्ष्य लिइएको मूल संयोजक खनालले बताए । उक्त महायज्ञमा बालयोगेश्वर महाराजले संगीतमय कथा वाचन गर्ने बताइएको छ ।

You might also like

Comments are closed.