महोत्सवमा आलुको व्यापार

आर्थिक आवाज
हेमजा, २७ चैत । हेमजा स्थित विष्णुपादुका क्लबको आयोजनामा चैत २२ गत सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ महोत्सव गरिएको हो । महोत्सव मध्यतिर रहँदा निकै रौनकता बढेको पाइएको छ भने पछिल्ला दिनहरुमा मौसमले पनि साथ दिएको छ । मंगलबारसम्म कुल १० लाखको आलुको कारोवार भएको जनाइएको छ ।

महोत्सवका आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत छन् ।

You might also like

Comments are closed.