महोत्सवसँगै सामाजिक कार्य गर्दै युनाइटेड क्लब

गीता राना मगर

पोखरा । पोखराको अमरसिंह चौरमा पुस २९ गतेदेखि दशौं संस्करणको पोखरा महोत्सव हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाइटेड क्लबले महोत्सवस्थल अमरसिंह चौरमा पत्रकार सम्मेलन गरी पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमी सहित सेती नदी संरक्षणमा क्लबले काम गर्दै आएको छ । माघको १२ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने दशौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवकै आयोजना गरी क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागि पहल गरिरहेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टर (२६ सय ८० रोपनी) भूभागमा हाल चिडियाखाना निर्माणको काम भइरहेको र उक्त स्थानमा क्लबको तर्फबाट हालसम्म ५५ लाख रुपैयाँ नगद प्रदान गरिसकेको अध्यक्ष गुरुङले बताए । हाल केही स्थानीयको विवादका कारण चिडियाखानाको काम रोकिएकाले आफूहरु निकै दुःखी बनेको उनले बताए । चिडियाखाना निर्माणको कामलाई निरन्तरता दिनका लागि आफूहरुले समेत पहलकदमी थालिरहेको र छिट्टै नै त्यसको समाधान हुने र चिडियाखाना निर्माणले तिब्रता पाउने उनको भनाइ छ ।

चिडियाखाना निर्माण क्षेत्रमा वन्यजन्तु उद्दार केन्द्रको लागि भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजीकरणको लागि बाटो निर्माण, मृगस्थली, बाघ राख्ने खोर, सिडी बाटो निर्माण सम्पन्न भइसकेको बताउँदै अध्यक्ष गुरुङले उक्त क्षेत्रमा भालुको खोर, बाँदरको खोर निर्माण क्रममै रहेको जानकारी दिए । चिडियाखाना निर्माणको लागि गण्डकी प्रदेश सरकारबाट गत आर्थिक वर्ष ७३ लाख २४ हजार ४ सय ७७ रकम विनियोजित भएकोमा जनसहभागिता कटाई निर्माण कार्य अनुसारको ५८ लाख ५९ हजार ८ सय २६ रकमको भुक्तानी भएको युनाइटेड क्लबबाट ५५ लाख, साविकको लेखनाथ नगरपालिकाबाट १० लाख, पोखरा महानगरपालिकाबाट १२ लाख ८८ हजार र साविक जिल्ला वन कार्यालय, कास्कीबाट २४ लाख गरी १ करोड ५१ लाख ४७ हजार ८ सय २६ रुपैया खर्च भइसकेको समेत गुरुङले बताए ।

युनाइटेड क्लबले महोत्सवकै आयोजनाबाट सेती नदी संरक्षणलाई अभियानकै रुपमा अगाडि बढाउँदै महोत्सव प्रवेश टिकटबाट प्रति टिकट एक रुपैयाँ छुटाइने बताउदै क्लबले विपद व्यवस्थापनका लागि समेत अक्षय कोष स्थापना गरी अगाडि बढेको गुरुङको भनाइ छ ।

हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुने दशौं संस्करणको पोखरा महोत्सवमा २ सय ५६ वटा स्टल रहनेछन् । महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणसंगै शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने लक्ष्य लिइएको छ । गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउँदै सम्पूर्ण कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने उद्देश्य लिइएको छ । आर्थिक चलायमान गराई रोजगार सृजना गरी क्षेत्रगत विकासमा टेवा पु¥याई भ्रमण वर्ष २०२० लाई सफल बनाउने महोत्सवको उद्देश्य छ ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघसंस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपती शर्मा, कोमल वली, राम्जी ख“ाड, मीलन लामा, कृष्ण गुरुङ, प्रीति आले, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहाल सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका ब्याण्डहरु मंगोलियन हर्ट, कोववेव, सुगम पोख्रेल एण्ड बाजा गाजा व्याण्ड, मन्त्र ब्याण्ड, सविन राई एण्ड फारोह ब्याण्ड, अर्को मुखर्जी एण्ड द कलेक्टिभ ब्याण्ड, लाहुरे, भीटेन, मेलिना राई, शनिश श्रेष्ठ, अनुप्रस्था र लोकल ब्याण्डहरुको प्रस्तुति रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

गायनसंगै महोत्सवमा हांस्यब्यङ्ग्य प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्किने लोक नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, शैक्षिक जागरण सम्बन्धी डकुमेन्ट्रि प्रदर्शनी, चमेना गृहको ब्यवस्था, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र बुद्धिचाल प्रतियोगिता समेत हुने श्रेष्ठले वताए । महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित व्यवस्था, फ्री वाइफाईको व्यवस्था, अग्नि, चट्याङ, भूकम्प, हुरीबतास, हुलदङगा बिमाको व्यवस्था, वाल उद्यान दुर्घटना विमा, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था संगै पार्किङको उचित ब्यवस्था रहने छ । महोत्सवमा अपाड्ड, वृद्धवृद्धा, एकल महिला, पत्रकार ,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) निःशुल्क प्रवेश गराइनेछ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थलको बारेमा जानकारी दिने स्टललाई निःशुल्क प्रदान गरिनेछ भने कृषि तथा हस्तकला का स्टलहरु विशेष छुटमा प्रदान गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उकृष्ट उत्पादन रारा तयारी चाउचाउ, प्रायोजकहरुमा लुम्विनी विकास बैँक लि., योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्र्ेनिङ कन्सल्टेन्सी, स्काई लिंक टेक्नोलोजी, अन्नपूर्ण प्याराग्लाइडिङ, न्यू प्यारा वल्र्ड प्याराग्लाइडिङ प्रा.लि., आईएमई पे, सिद्धिमणि एक्स्प्रेस अमरसिंहचोक, अन्ना एण्ड सोफिया कन्स्टक्सन प्रा.लि., रिलाएबल लाइफ इन्सुरेन्स कम्पनि लि., अफिसियल पानीमा लेखनाथ फुड एण्ड बेभरेज प्रा.लि.को लेकसिटी पानी, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, सहयोगी संस्थाहरुमा अमरसिंह मा.वि., जिल्ला समन्वय समिति कास्की, विशेष सहयोगीमा पोखरा महानगरपालिका, अफिसियल बैंकमा ग्रिन डेभलपमेन्ट बैँक लि., अफिसियल इन्सुरेन्समा सिद्धार्थ इन्सुरेन्स लि., अफिसियल इन्टरनेटमा वल्र्ड लिंक लगायत छन् ।

You might also like

Comments are closed.