महोत्सव पोखरा र पोखरेलीको लागि गौरव (सन्दर्भ सडक महोत्सव)

चिरञ्जीवी पोखरेल
अध्यक्ष, पोखरा पर्यटन परिषद

रेवान पोखराको आयोजनामा हुने पोखरा सडक महोत्सव पोखरा र पोखरेली दुबैको लागि गौरवको विषय हो, हामीले त्यसरी लिएका छौं । यसले पर्यटनमा गुणात्मक रुपमा परिणाम दिने गरेको छ । महोत्सवका कारण आन्तरिक तथा वाह्य दुवै पर्यटक आगमनमा बृद्धि ल्याएको छ । अफ सिजनलाई पनि सिजनमा परिणत गर्न सफल यो महोत्सवले व्यवसायीलाई उर्जा दिनेगरेको छ । यो महोत्सवको रेष्टुरेण्ट व्यवसायीले मात्र होइन, पोखराका पर्यटन सम्बद्ध हरेक सेक्टरहरुलाई फाइदा पुग्छ । यसैका कारण टे«किङमा जानेको संख्या बढ्छ । अझ भनौं क्यूमा बसेर टे«किङ जानुपर्ने अवस्था महोत्सवकै कारण हुन सफल भएको हो । महोत्सवकै कारण प्याराग्लाइडिङ गर्नेको भीड हुन्छ । साँच्चै भन्ने हो भने प्याराग्लाइडिङ गर्नका लागि क्यू मा बस्नुपर्ने अवस्था यसैका कारण भएको छ ।

महोत्सवमा आउने दर्शककै कारण यहाँका एयरलाइन्सहरुले टिकट आवश्यकता अनुसार दिन सकिरहेका छैनन् । उनीहरुले क्यू थपेर उडान गरिरहेका छन् यो महोत्सवकै प्रतिफल हो । ट्राभलहरुले यहि बेला बिजनेस फुल पाएका छन् महोत्सवकै कारणले । किसानले गाउँ गाउँमा उत्पादन गरेका कृषि उत्पादनहरुले बजार पाउँछन् महोत्सवकै कारणले । त्यसैले यो सम्पूर्ण पोखरेलीको महोत्सव हो । यसलाई सफल बनाउनु हामी सबै पोखरेलीको दायित्व हो । हामीले पनि यो महोत्सवलाई आफ्नै महोत्सवको रुपमा लिएर यसलाई सफल बनाउन भूमिका खेलिरहेका छौं । सबै पर्यटन सम्बद्ध संघसंस्थाहरुलाई समन्वय गरेर महोत्सव सफल बनाउनका लागि सहयोग गरिरहेका छौं । रेवानले महोत्सवलाई सुधार्दै लगेको हामीलाई आभाष हुदै आएको छ । अझ यसलाई सरकारसँग सहकार्य गरेर अन्र्तराष्ट्रियकरण गर्नुपर्छ र त्यसमा सबैको सहयोग आवश्यक छ भन्ने लाग्छ ।

You might also like

Comments are closed.