‘महोत्सव समग्र पोखरा र पोखरेलीको हो’

राजु श्रेष्ठ, प्रथम उपाध्यक्ष, युनाइटेड क्लव पोखरा

पोखरा महोत्सवले आर्थिक/सामाजिक क्षेत्रमा कस्तो प्रभाव पार्छ ?

पोखरा महोत्सवलाई हामीले सांस्कृतिक महोत्सवको रुपमा लिएका छौं । हामीले हरेक वर्ष यो क्षेत्रको कला संस्कृति संरक्षणका लागि विभिन्न झाँकी प्रदर्शनी, कला संस्कृति देखाउने गर्दछौं । यसअघी हामीले झाँकी प्रतियोगिता पनि गरेका थियौं । यो वर्षपनि कला संस्कृतिलाई मौलिक रुपमा उतार्ने प्रयास गर्दैछौं । यसले पोखरा र यस आसपासका क्षेत्रमा भएका कला संस्कृति संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि पक्कैपनि योगदान दिएको छ । त्यस्तै हामीले महोत्सवमा व्यापारीक स्टलहरु राखेका हुन्छौं । पोखरामा रहेका विभिन्न उद्योग, व्यापार तथा फर्महरुको व्यानर प्रदर्शन गर्छौं । यसले उद्योग, व्यापार तथा फर्महरुको प्रवद्र्धन पक्कैपनि हुन्छ नै । उद्योग, व्यापार, फर्महरुको प्रवद्र्धनका लागि पोखरा महोत्सव कोशेढुंगा नै सावित हुँदै आएको छ । आर्थिक चलायमान गराउनका लागि पोखरा महोत्सवको महत्वपूर्ण योगदान छ । खास गरेर व्यापारी र उपभोक्ता बिच डाइरेक्ट कनेक्टिभिटी गराएर व्यापारीले सहि मूल्य पाउने र उपभोक्ताले सहि मूल्यमा खरिद गर्न पाउने थलो पनि महोत्सव बन्न गएको छ ।

महोत्सव शुरु गर्दाको उद्धेश्यमा अहिले हामी कहाँ छौं ?

महोत्सव शुरु गर्दा हामीले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा सहयोग गर्ने उद्धेश्य राखेका थियौं । हामीले महोत्सवमार्फत यस क्षेत्रको आर्थिक तथा समाजिक क्षेत्रमा योगदान दिने उद्धेश्य बनाएका थियौं । त्यस्तै पछिल्लो क्रममा पोखरालाई पर्यटकीय राजधानी बनाउने भनिरहँदा पर्यटकीय प्रोडक्ट थप्दै यहाँ रहेका जंगली जनावरहरु, चराचुरुङ्गीहरुको संरक्षण गर्नुपर्छ भनेर खुल्ला चिडियाखाना निर्माणको अवधारणा बनायौं । यो नवौं संस्करणको महोत्सवको संघारमा आउँदा हामीले शुरुमा निर्धारण गरेको शिक्षा, स्वास्थ्य, खेलकुदसँगै चिडियाघर निर्माणमा उद्धेश्य अनुरुप नै काम गरिरहेका छौं । पछिल्लो समय सेती नदी संरक्षणका लागि पनि हामीले प्रत्येक टिकटबाट १ रुपैयाँ छुट्याएर काम गरिरहेका छौं । यो सामाजिक उत्तरदायित्व वहन अन्तर्गत नै हामीले काम गरिरहेका छौं । हामीले जे उद्धेश्य राखेर महोत्सव शुरु गरेका थियौं त्यो उद्धेश्य हामी प्रत्येक वर्ष पूरा गर्दै अघि बढेका छौं जस्तो लाग्छ । हामीले जे उद्धेश्य राखेर महोत्सव शुरु ग¥यौं त्यसलाई पूरा गर्दै सार्थक बनाउने प्रयास जारी नै राखेका छौं ।

नयाँ केहि गर्ने योजना पनि छ कि ?

युनाइटेड क्लवको मुल उद्धेश्य भनेको शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन नै हो । त्यसबाहेक सामाजिक कार्यलाईपनि हामीले निरन्तर रुपमा गर्दै आइरहेकै छौं । लोडसेडिङको समस्या पर्दा हामीले उज्यालो अभियान चलायौं । ठाउँ ठाउँमा सोलार वत्ति जडान ग¥यौं । अहिले लोडसेडिङको समस्या समाधान भइसक्यो त्यसैले हामीले त्यो काम छाडिसक्यौं । सेती नदी संरक्षण हामीले गरिराखेका छौं । यस वर्षको महोत्सवमा पनि प्रत्येक टिकटबाट १ रुपैयाँ सेतीको संरक्षणका लागि छुट्याएका छौं । यो वर्षबाट हामीले फेरी देशमा वा समाजमा कुनै विपद आइप¥यो भने वा भुकम्प गयो, बाढी पहिरो गयो भने त्यसबेला उद्धार तथा राहतमा खर्चिनु पर्छ भनेर बिपद ब्यबस्थापन कोष छुट्टै खडा गरेर अगाडि बढेका छौं । यो पनि अब हाम्रो प्राथमिकतामा पर्छ । त्यसबाहेक पनि सामाजिक कार्यमा हामी सँधै नेतृत्वदायी भूमिकामै रहेर काम गर्छौं ।

महोत्सवमा आएकालाई खुल्ला चिडियाघर घुमाउने योजना किन ल्याइएको हो ?

हाम्रा शुभचिन्तक तथा अग्रज पोखरेलीहरुले जहिलेपनि महोत्सवमा खुल्ला चिडियाघरको प्रचारप्रसार गर्छौ, हल्लाखल्ला गर्छौ तर पछि चुप बस्छौ किन हो भनेर प्रश्न गर्ने गर्छन् । तर हामीले काम त निरन्तर गरिरहेकै छौं । खुल्ला चिडियाघरको डिपिआर बनाउने र खोर बनाउने काम भइरहेको छ । तर आम पोखरेलीले चिडियाघर कस्तो बनिरहेको छ ? भनेर हेर्न खोजेको र जिज्ञाशापनि धेरै नै आएकाले त्यसलाई सम्बोधन गर्न हामीले महोत्सव स्थलबाटै बसमा चढाएर खुल्ला चिडियाघर घुमाउने ब्यबस्था मिलाएका हौं । उनीहरुले अवलोकन गरिसकेपछि फिडब्याक दिने, सल्लाह सुझाव पनि दिने भएकाले त्यसको आधारमा पछि परिस्कृत गर्नपनि मिल्ने र प्रभावकारी हुने आशासहित हामीले यो काम गरेका हौं ।

महोत्सवमा यस वर्ष नयाँ के हुन्छ ?

निर्माणाधीन खुल्ला चिडियाघर अवलोकन यो वर्षको नितान्त नौलो काम हो । यो सबै दर्शक, पर्यटक तथा पोखरेलीका लागि आकर्षणको मुख्य केन्द्रबिन्दु हुने आशा गरेका छौं । त्यस्तै यस वर्ष मौलिक टिपिकल सांस्कृतिक प्रस्तुतीपनि नौलो हुनेछ । गाउँगाउँमा हुने नेवारी, मगर, गुरुङ, पुन, राई, लिम्वुलगायतका जातजातिको ठेट संस्कृति देखाउने हामीले जमर्को गरेका छौं । यसमा जुन ठाउँका संस्कृति छन् र त्यो ठाउँमा जे देखाइन्छ पोखरामा महोत्सवमा जस्ताकोतस्तै देखाईन्छ । यसको भरपुर मज्जा दर्शक तथा पर्यटकले लिनेछन् भन्ने हामीलाई लागेको छ । हामीले केहि न केहि नौलो हरेक वर्ष दिदै आएका छौं र यस पटकपनि पक्कै दर्शक तथा पोखरेलीहरुले पाउनुहुन्छ ।

महोत्सव सम्पन्न गर्नका लागि सामाजिक तथा राजनीतिक संघसंस्थाहरुको सहयोग कत्तिको छ ?

महोत्सव गर्दा हामीले पोखराका सबै वडालाई समेट्नुपर्छ भनेर यो क्षेत्रमा रहेका वस्तुगत संघसंस्थाहरुसँग छलफल गरेर अगाडि बढेका छौं । उहाँहरुले पनि सकृयतापूर्वक सहभागिता जनाउने, सहयोग गर्ने गर्नु भएको छ । हामीले कास्की जिल्ला भरिकै टोल विकास संस्थाहरु, आमा समूहहरु, युवा क्लवहरु, वाल क्लवहरु तथा अन्य सामाजिक संघसंस्थाहरुसँग छलफल ग¥यौं । हामी त आयोजकको एउटा प्रतिनिधि पात्र मात्रै हौं । महोत्सव त सम्पूर्ण पोखराको हो, पोखरेलीको हो । यसलाई सफल बनाउने जिम्मा पनि सम्पूर्ण पोखरा र पोखरेलीको हो । सरकारी कार्यालयहरुलाई पनि यो महोत्सव समग्र पोखराकै भएकाले सहयोग गर्नका लागि आग्रह गर्दा सबैले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको र प्रतिबद्धता अनुसार नै सबैको सहयोग मिलिराखेको छ ।

You might also like

Comments are closed.