आर्थिक आवाज
पोखरा, ११ पुस । पोखराको माउण्ट कैलाश रिसोर्टले अंग्रेजी नयाँ वर्षको अवसरमा न्यु इयर इभ पार्टी आयोजना गरेको छ । प्रत्येक वर्षजस्तै यो वर्षपनि रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागत स्वरुप विभिन्न सांस्कृतिक कार्यक्रम सहित न्यु इयर इभ पार्टीको आयोजना गर्न लागेको हो । डिसेम्बर २८ पुस १३ देखि ३१ डिसेम्बर पुस १६ सम्म सञ्चालन हुने न्यु इयर इभमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित न्यु इयरको दिन लाइभ ब्याण्डको प्रस्तुती रहने रिसोर्टको अप्रेसन म्यानेजर टेक गुरुङले जानकारी दिए । गुरुङका अनुसार डिसेम्बर २८ देखि ३० डिसेम्बर सम्म सांस्कृतिक कार्यक्रम रहने छ ।
जसमा लोक संस्कृति झल्काउने खालका गीतमा पोखराको तरेली सांस्कृतिक परिवारले आफ्नो प्रस्तुती राख्नेछन् भने ३१ गते न्यु इयर इभको राती पोखराको ब्लु फायर ब्याण्डको लाइभ प्रस्तुति संगै विश्वकै अग्लो स्थानमा डिजे गरी गिनिज बुकमा नाम लेखाउन सफल डिजे छेवाङको डिजे प्रस्तुती रहने गुरुङले जानकारी दिए । विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको माउण्ट कैलास रिसोर्टले न्यु इयर इभको अवसरमा रिसोर्टमा आउने पाहुनाहरुलाई खानाका परिकार विशेष छुटको समेत व्यवस्था गरेको गुरुङले वताए । माउण्ट कैलाश रिसोर्टले रिसोर्टमा आउने पाहुनाहरुलाई लक्षित गरी नेपाली नयाँ वर्ष, ल्होसार, क्रिसमस, अंग्रेजी नयाँ वर्ष जस्ता चाडपर्वहरुमा विशेष कार्यक्रमहरु गर्दैै आइरहेको छ ।